काठमाडौँ – स्वास्थ्य खराब हुँदै गएकाे भन्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिन लागेका छन् ।
स्थानीय सञ्चारमाध्यमलाई उल्लेख गर्दै एएफपीले जनाएअनुसार आफ्नो स्वास्थ्यका कारण राज्यको काम कार्बाहीमा असर नपरोस् भनेर उनले पदबाट राजीनामा दिन लागेका हुन् ।
जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने र त्यही क्रममा राजीनामा दिनेछन् ।
हालै प्रधानमन्त्री आबे दुईपटक अस्पताल भर्ना भइसकेका छन् ।
