विदा बसेका ट्राफिक प्रहरीलाई अनिवार्य पिसिआर रिपोर्ट लिएर मात्रै कार्यालयमा उपस्थित हुन उर्दी

काठमाडौं – काठमाडौंको सम्पूर्ण ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी पाएको ट्राफिक प्रहरी महाशाखामा कोरोना संक्रमित भेटीएसंगै केहि दिनअघिसम्म कार्यालय  सिल गरियो।  सिल पश्चात २० दिनसम्म प्रहरी कर्मचारीको विभिन्न कार्यालयहरुको सँग समन्वय गरेर पिसिआर परीक्षण गरियो। परिक्षण पश्चात केही कर्मचारी १५ दिनको लागि आ-आफ्ना घरमा पठाइयो  तर छुट्टि गएका प्रहरी कर्मचारीमा यतिबेला एउटा  चिन्ताले सताएको छ चिन्ताको कारण हो ट्राफिक प्रहरीका प्रमुख एसएसपी भीम ढकालको निर्देशन।

ढकालले  घर गएर आउने ५० जनाभन्दा बढी प्रहरी कर्मचारीलाई अनिवार्य रुपमा पिसिआर नेगेटिभको रिपोर्ट लिएर मात्रै कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेपछि प्रहरी कर्मचारीमा चिन्ता बढेको छ। नाम नबताउने शर्तमा एकजना प्रहरी कर्मचारीलेले आफुलाई अधिकृतले टेकुमा हुने स्वास्थ्य परीक्षणमा आफू प्रहरी हुँ नभनी परीक्षण गराएर मात्र कार्यालयमा आउन निर्देशन दिएको बताए।

प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान लगायत अन्य विभिन्न कार्यालयहरुको व्यवस्थापन यतिखेर १५ दिन काम गर्नेगरी आलोपालो मिलाइएको छ तर अन्य कार्यालयमा यो किसिमको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छैन। ट्राफिक प्रहरीमा मात्रै यो रिपोर्ट खोजिएको नेपाल प्रहरी अस्पतालमा भेटिएका एक ट्राफिक प्रहरी कर्मचारीले बताए।

त्यस्तै अर्का ट्राफिक प्रहरीका जवानलाई हामीले राष्ट्रिय सरुवा रोग केन्द्र टेकुमा भेटेयौँ  उनी पनि  १५ दिने जागिरका लागि पिसिआर टेस्ट गराउन आएका रहेछन् उनले पनि त्यस्तै गुनासो गरे। उनले घरमा बसेको  प्रतिशोध साधेर एसएसपी ढकालले दुख दिएको गुनासो गरे।

अहिले स्वास्थ्य मन्त्रालयले संक्रमितसँगै रहेका र कन्ट्रयाक ट्रेसिङ्गमा परेका बाहेक अन्यलाई परीक्षण गराउन नपर्ने भनि रहँदा ट्राफिक प्रहरीमा जागिर खान जानेहरुलाई अनिवार्य रुपमा पिसिआर रिपोर्ट माग्नु अनावश्यक दुख दिएको अधिकांश प्रहरी कर्मचारीको दुखेसो पोखेका छन्।

उता ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले त्यस्तो कुनै निर्देशन नदिएको बताएका छन्।  अन्नपूर्ण टाइम्ससंगको कुराकानीमा एसएसपी ढकालले कसैले आफुखुसि पिसिआर टेस्ट गराएर आउछन भने आपत्ति छैन तर १५ दिन ड्यूटी र १५ दिन घर बसेर आउँदा कसैलाई पिसिआर रिपोर्ट अनिवार्य नगरिएको बताए । घरमा १५ दिन बस्नु भनेको सुरक्षित बस्नु हो, साथीहरुले गलत बुझे होलान् त्यस्तो भ्रममा नपर्न पनि आग्रह गरे। लामो समय घर बिदा र सरुवा भएका आएकाहरुको भने  पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ।

त्यस्तै अधिकांश ट्राफिक कर्मचारीलाई घरपायक ड्यूटी मिलाएको पनि एसएसपी ढकालले बताए।

 

 

 

 

सिफारिस

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११ राष्ट्रसँग समेत कूटनीतिक सम्बन्ध स्थापना गरी संयुक्त राष्ट्रसंघका सम्पूर्ण १९३ सदस्य राष्ट्रहरूसँग नेपालको सम्बन्ध जोड्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट...

धेरै पढिएको