विदा बसेका ट्राफिक प्रहरीलाई अनिवार्य पिसिआर रिपोर्ट लिएर मात्रै कार्यालयमा उपस्थित हुन उर्दी

काठमाडौं – काठमाडौंको सम्पूर्ण ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी पाएको ट्राफिक प्रहरी महाशाखामा कोरोना संक्रमित भेटीएसंगै केहि दिनअघिसम्म कार्यालय  सिल गरियो।  सिल पश्चात २० दिनसम्म प्रहरी कर्मचारीको विभिन्न कार्यालयहरुको सँग समन्वय गरेर पिसिआर परीक्षण गरियो। परिक्षण पश्चात केही कर्मचारी १५ दिनको लागि आ-आफ्ना घरमा पठाइयो  तर छुट्टि गएका प्रहरी कर्मचारीमा यतिबेला एउटा  चिन्ताले सताएको छ चिन्ताको कारण हो ट्राफिक प्रहरीका प्रमुख एसएसपी भीम ढकालको निर्देशन।

ढकालले  घर गएर आउने ५० जनाभन्दा बढी प्रहरी कर्मचारीलाई अनिवार्य रुपमा पिसिआर नेगेटिभको रिपोर्ट लिएर मात्रै कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेपछि प्रहरी कर्मचारीमा चिन्ता बढेको छ। नाम नबताउने शर्तमा एकजना प्रहरी कर्मचारीलेले आफुलाई अधिकृतले टेकुमा हुने स्वास्थ्य परीक्षणमा आफू प्रहरी हुँ नभनी परीक्षण गराएर मात्र कार्यालयमा आउन निर्देशन दिएको बताए।

प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान लगायत अन्य विभिन्न कार्यालयहरुको व्यवस्थापन यतिखेर १५ दिन काम गर्नेगरी आलोपालो मिलाइएको छ तर अन्य कार्यालयमा यो किसिमको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छैन। ट्राफिक प्रहरीमा मात्रै यो रिपोर्ट खोजिएको नेपाल प्रहरी अस्पतालमा भेटिएका एक ट्राफिक प्रहरी कर्मचारीले बताए।

त्यस्तै अर्का ट्राफिक प्रहरीका जवानलाई हामीले राष्ट्रिय सरुवा रोग केन्द्र टेकुमा भेटेयौँ  उनी पनि  १५ दिने जागिरका लागि पिसिआर टेस्ट गराउन आएका रहेछन् उनले पनि त्यस्तै गुनासो गरे। उनले घरमा बसेको  प्रतिशोध साधेर एसएसपी ढकालले दुख दिएको गुनासो गरे।

अहिले स्वास्थ्य मन्त्रालयले संक्रमितसँगै रहेका र कन्ट्रयाक ट्रेसिङ्गमा परेका बाहेक अन्यलाई परीक्षण गराउन नपर्ने भनि रहँदा ट्राफिक प्रहरीमा जागिर खान जानेहरुलाई अनिवार्य रुपमा पिसिआर रिपोर्ट माग्नु अनावश्यक दुख दिएको अधिकांश प्रहरी कर्मचारीको दुखेसो पोखेका छन्।

उता ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले त्यस्तो कुनै निर्देशन नदिएको बताएका छन्।  अन्नपूर्ण टाइम्ससंगको कुराकानीमा एसएसपी ढकालले कसैले आफुखुसि पिसिआर टेस्ट गराएर आउछन भने आपत्ति छैन तर १५ दिन ड्यूटी र १५ दिन घर बसेर आउँदा कसैलाई पिसिआर रिपोर्ट अनिवार्य नगरिएको बताए । घरमा १५ दिन बस्नु भनेको सुरक्षित बस्नु हो, साथीहरुले गलत बुझे होलान् त्यस्तो भ्रममा नपर्न पनि आग्रह गरे। लामो समय घर बिदा र सरुवा भएका आएकाहरुको भने  पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ।

त्यस्तै अधिकांश ट्राफिक कर्मचारीलाई घरपायक ड्यूटी मिलाएको पनि एसएसपी ढकालले बताए।

 

 

 

 

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको