- डम्बर निदाल
डडेल्धुरा -डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा सुदूरपश्चिमप्रदेशमा थप ४९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ५७ जनाको कोरोना परीक्षण भएको जस मध्ये ४९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिए ।
आईतवार अस्पतालवाट सार्वजनिक गरिएको सुचना अनुसार दार्चुलाका २ जना र बझाङका ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकाका १ जना, र जिप्रका दार्चुलाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसै गरी बझाङको दुर्गाथली गाउँपालिकाका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जारी गरेको सार्वजनिक सुचनामा उल्लेख गरीएको छ ।
