डडेल्धुरामा तरकारीको मूल्य छोई नसक्नु

  • डम्बर निदाल

डडेल्धुरा -कोरोना महामारीका कारण स्थानीय प्रशासनले लगाएको आशिंक निषेधाज्ञाको फाईदा उठाउँदै डडेल्धुराका व्यवसायीहरूले तरकारी र फलफूलको मुल्य एकाएक बढाएका छन । ताजा तरकारी उत्पादनमा सुदूरपश्चिमको अग्रणि र व्यवसायिक भनिने डडेल्धुरामा तरकारीको मुल्य अनधिकृत रुपमा आकासिदै गएपछि उपभोक्ताका लागि तरकारी छोई नसक्नु जस्तै भएको छ ।

डडेल्धुरामा अहिले मुख्य तरकारी आलु र प्याज प्रतिकिलो ७० रुपैँया, टमाटर एक सय २०, , बैगन लौका र फर्सी प्रतिकिलो ८०, मूला छ भने हरियो सागहरु पनि साबिक मूल्य भन्दा दोब्बर भन्दा बढि मूल्य बृद्धि हुँदा ब्यवसायीहरुले अत्याधिक फाईदा उठाउन थालेपछि उपभोक्ताहरू मारमा परेका हुन ।

आलु शितभण्डारमा रहेकाले अभाब सिर्जना भएको र तराई लगायत भारतिय बजारबाट पनि आयात रोकिएकाले तरकारी र फलफूलको मुल्य बढ्ेको खुद्रा व्यवसायीको भनाई छ ।  किसानबाट तरकारी खरिद गर्दा सस्तोमा खरिद गर्ने र खरिद गरेको भन्दा दोब्बर तेव्बर मुल्यमा विक्रिगर्ने गरेकाले तरकारीको मुल्य एकाएक बढेको स्थानिय कृषकहरुको भनाई रहेको छ ।

तरकारीको मुल्य बढ्नुमा बिचौलियाको भूमिका रहेको स्थानियको भनाई छ । सुदूरपश्चिमका बिभिन्न जिल्लामा निर्यात हुने डडेल्धुराको तरकारी निषेधाज्ञाको बेला पनि जिल्लामा अभाब र महंगी हुनु लकडाउनको प्रभाब भन्दा पनि ब्यवसायीहरुले आफु बढी फाईदा लिई बिक्रि गर्ने गर्नाले तरकारी महंगो भएको स्थानिय सुरेन्द्र साउँदले बताए ।
तरकारीको मुल्य लकडाउन अवधीको तुलनामा दोब्बर मात्र नभई डडेल्धुरामा हरेक किसिमका तरकारीको मुल्य पसलै पिच्छै फरक–फरक छ जुन अघिल्लो वर्षको तुलनामा शतप्रतिशत बढी हो ।

अन्य पहाडी जिल्लाबाट आएको तरकारी पनि तराईका जिल्लाबाट व्यापारीहरू आएर बढी पैसा दिएर लैजाने भएका कारण स्थानीय बजारमा अभाब हुनुका साथै महंगी बढेको स्थानिय गोविन्द पाठक को भनाई छ ।
लकडाउन खुकुलो भए पनि बजारको माग अनुसारको उत्पादन जिल्लामा नभएकोले मुल्य बढे सँगै किनेर खाने वर्ग,भाडामा बस्ने र वेरोजगार मानिसलाई समस्या भएको छ । चाडपर्वको बेला दैनिक उपभोग्य बस्तु तरकारीमा भएको महंगीले स्थानीयलाई चिन्तित बनाएको छ ।

लकडाउनका कारण बिक्री हुन नसक्दा गत बैशाखमा कृषकहरूले लगाएको तरकारी खेतबारीमै कुहिएको कारण सोही समस्या दोहोरिने डरले कृषकले तरकारी नलगाउँदा बाहिरबाट ल्याउनु परेकोले तरकारीको मुल्य आकासिएको स्थानीय ब्यवसायीहरुको भनाई छ ।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको