डडेल्धुरामा तरकारीको मूल्य छोई नसक्नु

  • डम्बर निदाल

डडेल्धुरा -कोरोना महामारीका कारण स्थानीय प्रशासनले लगाएको आशिंक निषेधाज्ञाको फाईदा उठाउँदै डडेल्धुराका व्यवसायीहरूले तरकारी र फलफूलको मुल्य एकाएक बढाएका छन । ताजा तरकारी उत्पादनमा सुदूरपश्चिमको अग्रणि र व्यवसायिक भनिने डडेल्धुरामा तरकारीको मुल्य अनधिकृत रुपमा आकासिदै गएपछि उपभोक्ताका लागि तरकारी छोई नसक्नु जस्तै भएको छ ।

डडेल्धुरामा अहिले मुख्य तरकारी आलु र प्याज प्रतिकिलो ७० रुपैँया, टमाटर एक सय २०, , बैगन लौका र फर्सी प्रतिकिलो ८०, मूला छ भने हरियो सागहरु पनि साबिक मूल्य भन्दा दोब्बर भन्दा बढि मूल्य बृद्धि हुँदा ब्यवसायीहरुले अत्याधिक फाईदा उठाउन थालेपछि उपभोक्ताहरू मारमा परेका हुन ।

आलु शितभण्डारमा रहेकाले अभाब सिर्जना भएको र तराई लगायत भारतिय बजारबाट पनि आयात रोकिएकाले तरकारी र फलफूलको मुल्य बढ्ेको खुद्रा व्यवसायीको भनाई छ ।  किसानबाट तरकारी खरिद गर्दा सस्तोमा खरिद गर्ने र खरिद गरेको भन्दा दोब्बर तेव्बर मुल्यमा विक्रिगर्ने गरेकाले तरकारीको मुल्य एकाएक बढेको स्थानिय कृषकहरुको भनाई रहेको छ ।

तरकारीको मुल्य बढ्नुमा बिचौलियाको भूमिका रहेको स्थानियको भनाई छ । सुदूरपश्चिमका बिभिन्न जिल्लामा निर्यात हुने डडेल्धुराको तरकारी निषेधाज्ञाको बेला पनि जिल्लामा अभाब र महंगी हुनु लकडाउनको प्रभाब भन्दा पनि ब्यवसायीहरुले आफु बढी फाईदा लिई बिक्रि गर्ने गर्नाले तरकारी महंगो भएको स्थानिय सुरेन्द्र साउँदले बताए ।
तरकारीको मुल्य लकडाउन अवधीको तुलनामा दोब्बर मात्र नभई डडेल्धुरामा हरेक किसिमका तरकारीको मुल्य पसलै पिच्छै फरक–फरक छ जुन अघिल्लो वर्षको तुलनामा शतप्रतिशत बढी हो ।

अन्य पहाडी जिल्लाबाट आएको तरकारी पनि तराईका जिल्लाबाट व्यापारीहरू आएर बढी पैसा दिएर लैजाने भएका कारण स्थानीय बजारमा अभाब हुनुका साथै महंगी बढेको स्थानिय गोविन्द पाठक को भनाई छ ।
लकडाउन खुकुलो भए पनि बजारको माग अनुसारको उत्पादन जिल्लामा नभएकोले मुल्य बढे सँगै किनेर खाने वर्ग,भाडामा बस्ने र वेरोजगार मानिसलाई समस्या भएको छ । चाडपर्वको बेला दैनिक उपभोग्य बस्तु तरकारीमा भएको महंगीले स्थानीयलाई चिन्तित बनाएको छ ।

लकडाउनका कारण बिक्री हुन नसक्दा गत बैशाखमा कृषकहरूले लगाएको तरकारी खेतबारीमै कुहिएको कारण सोही समस्या दोहोरिने डरले कृषकले तरकारी नलगाउँदा बाहिरबाट ल्याउनु परेकोले तरकारीको मुल्य आकासिएको स्थानीय ब्यवसायीहरुको भनाई छ ।

सिफारिस

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)  खेल्ने अष्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन नेपाल आइपुगेका छन् । आइतबार सुदूरपश्चिम रोयल्सका प्रतिनिधिहरूले लिनको स्वागत...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

एनपीएल विजेताले कति पाउँछन् पुरस्कार रकम ?

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको...

पोखराको पुम्दीकोटबाट देखिएको माछापुच्छ्रे हिमाल (तस्वीरहरू)

पोखरा–२२ पुम्दीकोटबाट माछापुच्छ्रे हिमालको मनमोहक दृश्य दृश्य नजिकबाट नियाल्न...

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका...

धेरै पढिएको