काठमाडौं- काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका३९३  जना, भक्तपुरका ३० जना र ललितपुरका ५८ जनामा कोरोना संक्रमण देखिएको हो। आजमात्रै १२०८८ जनाको पिसिआर गरिएको छ।

त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा २९८ जनामा संक्रमण देखिएको थियो।

नेपालमा थप १०६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ४०५२९ पुगेको छ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले जोखिम कम गर्न निषेधाज्ञा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया