डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा सुदुरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २९० नमुनाहरु परिक्षण भएको जसमध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएकोे अस्पतालले जनाएको छ ।
डडेल्धुरा अस्पताल प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले डडेल्धुराका एक जना र बझाङका ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
बुधवार अस्पतालले सार्वजनिक गरेको सुचना अनुसार डडेल्धुराको अमरगढी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी बझाङको दुर्गाथली गाउँपालिकाका ३ जना, मष्ठा गाउँपालिकाका ३ जना, जयपृथ्वी नगरपालिकाका २ जना र बझाङकै तल्कोट गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सुचनामा उल्लेख गरीएको छ ।