प्रहरी महानिरीक्षक क्षेत्रीको निर्देशन : प्रहरी कार्यमा दीर्घकालीन योजना निर्माण गरी लागू गर्नुस्

काठमाडौं- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने र कोरोना संक्रमण नियन्त्रण व्यवस्थापन लगायतका कार्यमा दीर्घकालीन योजना निर्माण गरी लागू गर्नुपर्ने बताएका छन्।

हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव उपरीक्षकहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा निर्देशन दिदैं प्रहरी महानिरीक्षक क्षेत्रीले उक्त कुरा बताएका हुन्।

प्रहरी अधिकृतहरू सरुवा भएको स्थानमा उच्च मनोबलका साथ उत्सुक भएर जानुपर्ने उनले बताए। “सरुवा भई जाने ठाउँमा अभिभावकको हैसियतले पूर्ण निष्ठावान् भई आ-आफ्नो कर्तव्य निर्वाह गरेमा असल र नेतृत्वदायी भूमिका ठहर्छ,” उनले भने।

हिरासतमा भएका व्यक्तिहरूमाथि प्रहरीले गर्ने व्यवहार एवम् हिरासत कक्षको व्यवस्थापनलाई विशेष ख्याल गर्नुपर्ने उनले बताए।

प्रहरी महानिरीक्षक क्षेत्रीले अपराधजन्य गतिविधिमा शून्य सहनशीलता हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकाय, स्थानीय निकाय र कानुन कार्यान्वयन गर्ने अन्य निकायहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको