काठमाडौं – नेपाली कांग्रेसले बुधबार पत्रकार महासंघका पुर्व अध्यक्ष तथा पत्रकार डा सुरेस आचार्य सहित ५० जनालाई सूचना, सन्चार तथा प्रचार विभागमा मनोनित गरेको छ । कांगेसले आचार्यलाई उपप्रमुख र सचिवमा दिनेश थापा मगर गरी थप ४८ सदस्य मनोनित गरेका हुन्।
सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम प्रचार विभागमा सदस्यहरु मनोनित गरेको विज्ञप्तीमा जनाएको छ।