डम्बर निदाल, डडेल्धुरा – डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा डोटीका ४ सहित सुदुरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ४४ नमुनाहरु परिक्षण भएको जसमध्ये ८ जनामा कोरोना संक्रमण पुष्टि भएकोे अस्पतालले जनाएको छ ।
डडेल्धुरा अस्पताल प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले डोटी ४जना,अछामका २जना, र बझाङका १ जना र दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
विहिवार अस्पतालले सार्वजनिक गरेको सुचना अनुसार डोटीको जोरायल गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ । यसै गरी अछामको मेल्लेख गाउँपालिकाका १ र अछामकै चौरपाटी गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी बझाङको बुङ्गल नगरपालिकाका १ जना र दार्चुलाको जिल्ला प्रहरी कार्यालयका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सुचनामा उल्लेख गरीएको छ ।