वडास्तरमा पहिलो पटक आइसोलेसन अस्पताल निर्माण हुँदै

डम्बर निदाल, डडेल्धुरा – कोरोना संक्रमित बिरामीको उपचारका लागि २० बेडको आइसोलेसन कक्षसहितको अस्पताल निर्माण गर्न लागिएको छ । भागेश्वर गाउँपालिका वडा नं ४ मा अस्पताल निर्माण कार्य सुरु भएको हो ।
उपभोक्ता समिति मार्फत करिब २० लाखको लगानीमा आइसोलेसन भवनको निर्माण कार्य शुरु गरिएको भागेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हर्ष रोकाले जानकारी दिए ।

डडेल्धुरा जिल्लामा आईसोलेसन कक्ष निर्माण गर्ने र उपभोक्ता समितिमार्फत आईसोलेशन निर्माण कार्य अगाडी बढाउने डडेल्धुरा जिल्लाको पहिलो स्थानिय तह भागेश्वर गाउँपालिका रहको छ ।
अस्पताल निर्माणबाट कोरोना महामारीका कारण बेरोजगार भएका युवा तथा स्थानियलाई रोजगारसमेत प्राप्त हुने भागेश्वर गाउँपालिका वडा नं— ३ का अध्यक्ष राम बहादुर शाहीले बताए । डडेल्धुरामा पहिलो पटक आइसोलसन वार्डसहितको अस्पताल निर्माण हुन लागेको हो ।

एक स्थानिय तह एक आईसोलेसन केन्द्र निर्माण गर्नु पर्ने नेपाल सरकारको प्रावधान छ । सरकारको प्रावधान अनुसार गाउँपालिकाको आर्थिक सहयोग र स्थानिय वासीन्दाको जनश्रमदानमा आईसोलेसन केन्द्र स्थापना निर्माण सुरु गरिएको छ ।
करिव २० लाख रुपैयाँको लागतमा आईसोलेसन केन्द्र निर्माण भईरहेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशीला भट्टले बताईन । आइसोलेसन वार्डको निर्माण कार्य भदौ महिना भित्रै सम्पन्न गर्ने गरी काम भईरहेको छ ।
आईसोलेसन केन्द्रमा महिला पुरुषका लागि छुट्टा छुट्टै कोठा बनाईदै छन । आईसोलेसन वार्ड भनिए पनि विरामी नभएका समयमा क्वारेन्टीनमा पनि प्रयोग गरिने गाउँपालिका अध्यक्ष भट्टले बताईन ।

आईसोलन केन्द्र निर्माण भए पछि भारत बाट आएकाहरुलाई क्वारेन्टीनका रुपमा विद्यालयमा राख्नु पर्ने वाध्यताको अन्त्य हुने गाउँपालिकाले जनाएको छ ।
हाल कोरोना संक्रमितहरु विद्यालय भवन तथा होम क्वारेन्टाइनमा बस्दै आएका छन । आइसोलेसन कक्षको निर्माणपछि संक्रमितको उपचारमा सहज हुने भागेश्वर गाउँपालिका अध्यक्ष भट्टले बताइन् ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको