काठमाडौं- काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ३५७ जना, भक्तपुरका ४२ जना र ललितपुरका ४६ जनामा कोरोना संक्रमण देखिएको हो।
त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ३८८ जनामा संक्रमण देखिएको थियो।
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले जोखिम कम गर्न निषेधाज्ञा गरिएको छ।
