पुल्चोकको झडप : गल्ती कसको ? (फोटोफिचर)

  • अजय लेन्सम्यान 

ललितपुर – पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथ रथ समयमै रथयात्रा गर्न नसक्नुको कमजोरीका कारण पुल्चोक झडप हुन पुग्यो । पुल्चोकमा रथ निर्माण गरेको र मत्स्येन्द्रनाथलाई रथारोहण गरेको दुई महिना बढी भइसक्यो ।

कोरोना संक्रमणका कारण रथयात्रा लामो समयदेखि रोकिएको थियो । रथयात्रा मलमासअघि नै गर्नुपर्ने आवाज उठिरहे पनि बिहीबार भने ज्यापु समाज, बौद्ध विहार संघ, श्रेष्ठ समाज, कपाली समाजलगायत १९ संगठन रथयात्रा हुनेमा अनभिज्ञ नै थिए ।

अघिल्लो दिनदेखि नै रथ तान्नुपर्ने पक्षमा रहेका अभियन्ताले बिहीबार बिहान पुल्चोकमा भेला हुन आह्वान गरिरहेको पोस्ट सामाजिक सञ्जालमा ह्वात्तै फैलियो । पाटनका विभिन्न टोल, कीर्तिपुर, काठमाडौं, भक्तपुर र ललितपुरका सुनाकोठी, लुभु, बुङ्मतीलगायत नेवार समुदायको बस्ती रहेको स्थानबाट युवा एकत्रित भए ।

प्रशासनले निषेधाज्ञा जारी गरे पनि त्यसको कमजोरीको फाइदा उठाउँदै रथयात्रामा सहभागी हुन स्थानीय गल्ली र भित्री सडक हुँदै पुल्चोक आइपुगे । मुख्य सडकमा ‘चेकिङ’ भए पनि भित्री गल्लीमा प्रहरीको आँखा छल्दै उनीहरू एकत्रित भए ।

केही सहभागीले ‘अब रथ तानिँदै’ भनेर ‘फेसबुक लाइभ’ गरे, यसपछि रथ तान्नेको संख्या थपिँदै गयो । निषेधाज्ञा भए पनि ललितपुर प्रशासनको कमजोरी त्यहा प्रस्ट झल्किरहेको थियो ।

बिहान नगण्य स्थानीय रहेको स्थानमा मध्याह्न हुन्जेलसम्म भीड उर्लिसकेको थियो । रथ तान्न धेरै समुदाय सहभागी हुनुपर्नेमा स्वतस्फूर्त आएको भीडले रथ अड्याउन बाँधिएको डोरी खोलेर तान्न थाले ।

पुल्चोक सडक किनार रहेको रथ केही मिटर परसम्म तानेर बीच सडकमा ल्याइपु¥याइयो । तान्दातान्दै डोरी व्यवस्था हुनुका साथै बाजागाजा स्वतस्फूर्त आइपुग्यो । प्रक्रिया धेरै भए पनि भीड कुनै प्रक्रियाबिनै रथ तान्नतिर लाग्यो ।

यत्तिकैमा रथ तान्दै गरेका युवालाई प्रहरीले रोक्न खोज्यो । भीड नाराबाजीमा उत्रियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीफोहोरा हान्न सुरु ग¥यो । फोहोरा हान्ने गाडी र प्रहरीतर्फ भीड ढुंगामुढासहित जाइलाग्यो ।

भीड उत्तेजित बनेपछि स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्याँससमेत प्रहार गरेको थियो । झडपमा केही प्रहरी र केही सहभागीलाई चोट लागेको छ । प्रहरी र रथ तान्न खोज्नेहरुको बीचमा झडप हुँदा पुल्चोक रणमैदान नै बन्यो ।

 

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको