ललितपुर – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जात्रा छोटो विधिबाट सम्पन्न गर्ने भएको छ । कोभिड -१९ को महामारीमा सरकारले गरेको निषेधाज्ञालाई पालना गर्दै बुगद्य: जात्रा व्यवस्थापन कार्यदल १९ सैं जातीय खल: पुच :ले एक विज्ञप्ति जारी गर्दै सो सहमति भएको जनाएको हो ।
सहमतिअनुसार आज १९ गते क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत हेर्ने र २६ गते मूर्ति बुङ्गमतीमा पुर्याएर मन्दिरमा बिराजमान गराउने कार्यक्रम रहेको छ । बैठकमा रातो मच्छिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधिसहित ललितपुरका सांसद, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।