युबराज श्रेष्ठ

रामेछाप – नेपाली काग्रेसले बैशाख २५ गतेबाट देशव्यापी रुपमा सुरु गरेको पहिलो चरणको ‘हिमाल पहाड तराई–मधेस नेपाली काग्रेस राष्ट्रिय जागरण अभियान’ रामेछापमा आज समापन भएको छ ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य मनमोहन भट्टराईले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली राती सुत्दा देखेका सपनालाई जनतामाझ बाढ्नमै व्यस्त भएको आरोप लगाएका छन् । पाँच वर्ष सम्म जनताको काम गर्ने जिम्मेवारी पाएको नेकपाको सरकारले जनताको आधरभूत आवश्यकतालाई ध्यान नदिइ रेल कुदाउने सपनामा सरकार आफै कुदेकाले यो सरकारले जनताको पक्षमा कुनै पनि काम गर्न नसकेको भट्टराईले आरोप लगाए  ।

भ्रष्टचारीको अनुहार पनि हेर्न चाहन्न भन्ने केपी ओलीले अहिले पाईला–पाईलामा भ्रष्टचारलाई प्रसय दिइरहेको पनि उनले आरोप लगाए । अर्को प्रसंगमा नेता भट्टराईले रामेछापमा नेपाली काग्रेसले गत निर्वाचनमा हार्नुको कारण पत्ता लगाएर त्यसलाई सुधार गरे मात्र आगमी निर्वाचनमा काग्रेसले जित्न सक्ने दाबी गरे । उनले अभियानको क्रममा जिल्लाका ६४ ओटै वडाबाट आएका सुझावलाई केन्द्रमा लगेर छलफलमा समाबेश गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here