ओलीले राती सुत्दा देखेका सपना जनतामाझ बाढ्नमै व्यस्त रहे : कांग्रेस नेता भट्टराई

युबराज श्रेष्ठ

रामेछाप – नेपाली काग्रेसले बैशाख २५ गतेबाट देशव्यापी रुपमा सुरु गरेको पहिलो चरणको ‘हिमाल पहाड तराई–मधेस नेपाली काग्रेस राष्ट्रिय जागरण अभियान’ रामेछापमा आज समापन भएको छ ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य मनमोहन भट्टराईले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली राती सुत्दा देखेका सपनालाई जनतामाझ बाढ्नमै व्यस्त भएको आरोप लगाएका छन् । पाँच वर्ष सम्म जनताको काम गर्ने जिम्मेवारी पाएको नेकपाको सरकारले जनताको आधरभूत आवश्यकतालाई ध्यान नदिइ रेल कुदाउने सपनामा सरकार आफै कुदेकाले यो सरकारले जनताको पक्षमा कुनै पनि काम गर्न नसकेको भट्टराईले आरोप लगाए  ।

भ्रष्टचारीको अनुहार पनि हेर्न चाहन्न भन्ने केपी ओलीले अहिले पाईला–पाईलामा भ्रष्टचारलाई प्रसय दिइरहेको पनि उनले आरोप लगाए । अर्को प्रसंगमा नेता भट्टराईले रामेछापमा नेपाली काग्रेसले गत निर्वाचनमा हार्नुको कारण पत्ता लगाएर त्यसलाई सुधार गरे मात्र आगमी निर्वाचनमा काग्रेसले जित्न सक्ने दाबी गरे । उनले अभियानको क्रममा जिल्लाका ६४ ओटै वडाबाट आएका सुझावलाई केन्द्रमा लगेर छलफलमा समाबेश गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको