रामेछाप- जिल्लामा शुक्रबार ५ जना सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मी गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यलय रामेछापमा कार्यरत ५ जना सुरक्षाकर्मि र तामाकोसी अस्पतालमा मन्थलीमा कार्यरत १ जना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि भएकाे जिल्ला अस्पताल रामेछापले जनाएकाे छ ।

जिल्ला अस्पताल रामेछापले पठाएकाे स्वाब परीक्षणबाट जिल्ला प्रहरी कार्यालयमा कार्यारत ५ जना प्रहरीमा कोरोना पुष्टि भएकोछ भने तामाकोसी अस्पतालमा कार्यरत १ जना स्वास्थ्यकर्मीमा काेराेना पुष्टि भएकाे जिल्ला अस्पताल रामेछापका स्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया