- घनश्याम श्रेष्ठ
ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी शुक्रबार त्यस क्षेत्र सुनसान नै देखिएको छ।
शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएसंगै ती क्षेत्र सुनसान छन् भने सुरक्षा जाँचमा कडाइ गरिएको छ। अत्यावश्यकबाहेक कसैलाई पनि बाहिर निस्कन दिइएको छैन।
हिजो दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न निस्किएको स्थानीयको भिडलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपपछि सुरक्षा अधिकारीहरूको बैठकले कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेको भन्दै कर्फ्यु आदेश जारी गरेको हो । अहिले ललितपुर क्षेत्र सुनसान देखिएको छ ।
कर्फ्यूकै बीच क्षमापूजा पनि सम्पन्न गरिएको छ भने भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र त्यसको भोलिपल्ट भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिनेछ।
यसरी साइत हेरे पनि निस्किएको मितिमा मछिन्द्रनाथलाई बुंगमति लग्ने निर्णय गरिएको बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले जानकारी दिए।