डडेल्धुरामा लकडाउन खुकुलो, सवारीसाधनमा भने जोरबिजोर कायमै

डम्बर निदाल
डडेल्धुरा -डडेल्धुरामा शुक्रवार राती १२ देखि जिल्लाव्यापी रूपमा लागू हुने गरी लकडाउन अर्थात बन्दाबन्दी केही खुकुलो गरिएको छ । जिल्लामा संचालित निजि तथा सार्वजनिक सवारीसाधन (मोटरसाईकल ) मा भने जोरबिजोर कायमै गरिएको छ ।

जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रवार बसेको बैठकले शुक्रवार राती १२ बजे देखि यहि भदौ ३१ गतेसम्म लागू हुने गरी डडेल्धुरा जिल्लामा लकडाउन खुकुलो गरेको हो ।

जिल्लामा संचालित अतिआवश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरू बाहेक अन्य सम्पूर्ण पसलहरू शुक्रवार रातीदेखि यहि भदौ ३१ गतेसम्मका लागि बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरेर मात्रै संचालन गर्न पाउने निर्णय गरेको छ । यसअघि पसलहरू बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न दिइएको थियो ।

यसका साथै जिल्लामा हुने सार्वजनिक मेला ,पर्व,भेला,सभा सम्मेलनलाई पुर्णवत रुपमा निषेध गर्ने निर्णय गरीएको छ । साथै सवारी पास नलिई अन्य जिल्ला वाट यस जिल्लामा आउने यात्रु वाहक सार्वजनिक र निजि सवारी साधन लाई पुर्णरुपमा निषेधित गरीएको जनाएको छ ।

जिल्लामा संचालित हुने निजि तथा सार्वजनिक सवारीसाधन (मोटरसाईकल ) मा समेत शुक्रवार राती देखि नै जोर–बिजोर प्रणाली कायमै गरिने सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।

यसै गरी जिल्लामा संचालित सरकारी कार्यालय,संस्थान,बैङ्क तथा वित्तिय संघ संस्थाहरु तथा निजि क्षेत्रका कार्यालयहरुमा तोकिएको सुरक्षा मापदण्ड अबलम्बन गरी पुर्णवत रुपमा संचालन गरीने छन् । साथै अन्य ब्यवस्थाहरु यस अघिकै निर्णय अनुसार हुने जनाएको छ । यस अघि यहि भदौ ४ गते बिहिवार देखी १९ गते शुक्रवार सम्म का लागी आंशिक लकडाउन गरेको थियो ।

निर्णयको उल्लंघन हुने क्रियाकलाप कसैबाट भए गरेमा संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासन कार्यालयले जनाएको छ ।

 

सिफारिस

विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर - कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको कथा लेख्‍न सिकाउने उद्देश्यले मंगलबारदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।...

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको दोस्रो संस्करणको एनपीएलको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी (बैकुण्ठ चतुर्दशी)को रात श्री सुन्दरी महाँलक्ष्मी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ...

मनाङमा हराएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याउँदै सेना

मनाङ – करिब तीन सातादेखि बेपत्ता रहेका भारतीय पर्यटक...

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं - काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे...

दृष्टिविहिन महिला वर्ल्डकप टि-२० क्रिकेटको अम्पायरमा नेपालका रबिन्द्र गुप्ता नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि-२०...

क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं - नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास...

धेरै पढिएको