ललितपुरमा आजदेखि ६ दिनसम्म ५ जना भन्दा बढी भेला हुन नपाउने

काठमाडौं – शुक्रबार राति १० बजेबाट ललितपुरमा लगाइएको कर्फ्यू हटेसँगै ललितपुरका दुई क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले मछिन्द्रनाथको रथ रहेको ठाउँ पुल्चोक र मंगलबजारलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रशासनले आजदेखि ६ दिनसम्म रथ रहेको क्षेत्र वरिपरि ५ जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने आदेश जारी गरेको छ।

रथ रहेको क्षेत्रमा पूर्व मदन स्मारक देखि पश्चिममा महानगरपालिकाको कार्यालय, उत्तरमा बख्खुडो र दक्षिण सेन्टजेभियर स्कुलसम्मलाई निधेषित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै मंगलबजारतर्फ पूर्व मंगलबजार चोक, पश्चिम मदनस्मारक अघिको चोक, उत्तरमा तिमबहाल र दक्षिण पूर्णचण्डी मन्दिरसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

निषेधाज्ञाका बेला रथ तान्दा बिहीबार प्रहरी र रथ तान्न आएका व्यक्तिबीच झडपपछि प्रशासनले शुक्रबार बिहानदेखि राति १० बजेसम्म कर्फ्यू लगाएको थियो। त्यसपछि भने स्थिति सामान्य भएको छ ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको