सिमित व्यक्तिको सहभागितामा रातो मच्छिन्द्रनाथको रथ आज तानिने

ललितपुर – कोभिड-१९ को महामारीका कारण​ अन्योलमा परेको ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा आज तानिने भएको छ । स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिने भएको हो। यससँगै आज ललितपुरका बासिन्दाले छ्वयलाभू बनाउने भएका छन् ।

रथ तान्नको लागि विभिन्न जात्रा व्यवस्थापन समितिका ४०, ४० जना गरेर १६० जनाको मात्र सहभागिता रहनेछ । यी युवाहरू रथ तान्न आज दिउँसो ३ बजे गा: बहालमा भेला हुने छन् । रथ तान्नेहरूको पहिचानको लागि काय्गुननी टोलले १६० वटा टिसर्ट र १६० वटा टोपीको व्यवस्था गर्ने भएको छ।

जात्रामा ५ जोर धिमे बाजा बजाउनको लागि २० जना, काः बाजा बजाउने ४ जना र २ जोर नायखिं बाजा बजाउनको लागि ४ जनाको टोली तयार गरिएको छ। रथलाई हपाः दिने जिम्मा काय्गु ननी टोलले लिएको छ ।

त्यस्तै रथ तान्ने कार्यक्रममा स्थानीयहरु सहभागी नगराइने भएको छ। रथ तानिने क्षेत्रको केही चोकमा स्थानीयले भगवानलाई चढाउन ल्याएको फल, प्रसाद ज्यापु समाजका स्वयं सेवकहरुले चढाइदिने व्यस्था रहेको ज्यापु समाजले जनाएको छ।

मच्छिन्द्रनाथको रथ पुल्चोकमा ठड्याए पनि कोरोना संक्रमणको जोखिमका कारण तानिएको थिएन । रथ तान्न दबाब दिने उद्देश्यले पुल्चोकमा भेला भएका स्थानीय युवा र प्रहरीबीच तीन दिनअघि झडप भएको थियो ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको