शहर बजार केन्द्रित हुन थालेपछि गाउँबस्ती रितिदै

डम्बर निदाल
डडेल्धुरा – गाउँका अधिकांश मानिसहरु शहर बजार केन्द्रित हुन थाले पछि गाउँका बस्ती रितिदै गईरहेका छन् । गाउँमा बिभिन्न किसमका समस्या रहेकाले शहर केन्द्रित हुदै गाउँबस्ती रितिदै गईरहेका हुन् । सुदूरपश्चिमका ग्रामिण बस्तीहरु सेवासुबिधाको अभाबमा अधिकांश गाउँ नै उजाड बन्दै गईरहेका छन ।

गाउँमा सडक पूर्बाधार, शुद्ध पिउने खानेपानी, सिंचाई, गुणस्तरिय शिक्षा स्वास्थ्य लगायत दूरसंचार ईन्टरनेट जस्ता आवश्यकिय सुबिधा नहुँदा गाउँबाट पलायन भई सर्बसाधारण शहर केन्द्रीत हुन थालेका हुन । एकातिर गाउँमा खेतीपाती गरेर जंगली जनाबरको आतंकबाट पिडित भएका छन भने अर्को तिर गाउँसमाज बिभिन्न परिबेशमा बिखण्डन तर्फ उन्मुख भईरहेकोले सुदूरपश्चिम प्रदेशका अधिकांश गाउँबस्ती टोल छिमेका घरहरु जिर्ण र बिराना देखिन थालेका छन ।

स्थानीय जनप्रतिनिधिको बहाली पश्चात पनि गाउँको आवश्यकता बमोजिम विकास पूर्बाधारहरु बनाउन नसक्दा र गाउँमा सरकारी बिद्यालयहरुको अवस्था जर्जर हुनुले पनि गाउँ छोडेर तराई, शहर र बजार केन्द्रीत बस्ती सरेको स्थानिय बासिन्दा नेत्र प्रसाद ओझाको भनाई छ ।

गाउँले परिबेश सुनसान बन्दै गईरहेको छ, गाउँमा रहेका घरहरुसँगै साँस्कृतिक धरोहरहरु पनि खुम्चिएका छन , जग्गाजमिनहरु पनि बाँझो भएका छन । गाउँबाटै निर्वाचित जनप्रतिनिधिहरु पनि गाउँको विकास भन्दा पनि व्यक्ति विकासमा लागेका कारण गाउँले सदभाब र परस्पर सहयोगको बाताबरण बिग्रिएका कारण स्वतन्त्र जिवनयापनका लागि बिकल्प खोज्दै गाउँबाट हुने खाने सँगै गरिब बिपन्न वर्ग समुदायका परिवार पनि गाउँबाट पलायन भएको गाउँ कुर्नेहरुको भनाई छ ।

गाउँमा बस्नेको कतिपय दोहोरो बस्ती छ जग्गाजमिन पनि छ मान्छे स्वतन्त्र भएर निर्भिक र स्वाबलम्बी पनि भएर बाँच्ने दिन आएको स्थानिय पंडित राम प्रसाद पाठकको भनाई छ, उनले भने गाउँघरमा त अब जजमानी र पुरोहित धर्म पनि रहेन, एक अर्का प्रति सम्मान ,सहयोग, सदभाव, मानवता र सकारात्मक धारणाको खडेरी परिसक्यो ।

गाउँमा बसोबास गर्नु निकै चुनौति बनिसक्यो , एक गाई पालेर पनि पूर्वजको गुजारा हुन्थ्यो अब त्यो परिस्थिति र सामथ्र्य पनि रहेन, खेती लगाए जंगलि जनाबरले खाईदिन्छन, बनजंगल बढिसक्यो, बाक्लो सामुदायिक वनले जंगली जनावरको आतंक पनि बढयो कति मान्छे घाईते भैसके अनि ज्यानको सुरक्षाका लागि पनि गाउँमा बस्न सक्ने अवस्था नरहेको स्थानिय शिवराज अवस्थीले बताए ।

गाउँबस्तीका स्थानीयले गाउँमा खेती गर्नु भन्दा राजमार्गका छेउछाउमा अन्य आम्दानीका श्रोत को पहिचान गरेर जिविकोपार्जनमा जानु पर्ने अवस्था सिर्जना भएको बताउछन् ।

गाउँबस्ती निकै कठिन भएको छ, गाउँमा भएका श्रोतसाधन सम्पदा र पूर्बाधारको संरक्षण नहुनु र पहुँचका आधारमा मात्र विकास निर्माण कार्यमा सहभागिता रहनुले आम सर्बसाधारणमा खिन्नता प्रकट मात्र भएको छैन गाउँमा बसेर समृद्ध भविष्यको सपना पनि देख्न छाडेका छन ।

गाउँ भन्दा शहर र राजमार्ग नजिक बिबिध सेवासुबिधाहरु बढि भएकाले मात्र गाउँबासी बजार सरेका नभई गाउँमा रोजगारीको संभावना नपाईने भएकोले पनि धेरै जसो गाउँहरु खाली हुँने क्रम बढेको देखिन्छ । जसको एउटा कारण राज्यको उदासिनता र स्थानीय जनप्रतिनिधिको वेवास्ता रहेको छ ।

गाउँबासीहरु गाउँका घर चटक्क छोडेर बजार क्षेत्र, शहरी क्षेत्र र राजमार्ग नजिक सर्दै पक्की घर बनाएर बसाईसराई हुने क्रम बढे पछि गाउँका घरहरु भत्किदै संक्रामक र खतरायुक्त पनि भएका छन ।
तर पनि धर्म संस्कृति परम्परा जस्ता ऐतिहासिक सामाजिक र साँस्कृतिक सम्पदाहरु सुदूरका गाउँबस्तीमै वास्तविक हुने विभिन्न चाड पर्व, देवीदेवताको पूजाअर्चना विवाह,ब्रतबन्ध लगायत शुभकार्यका कामले सबै गाउँमै आउने भएकाले मौसमी रमाईलो मात्र नभई रितिरिवाजको जगेर्ना हुनु पनि सकारात्मक पक्ष देखिएको छ ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको