काठमाडौं – गायक मौसम गुरुङको दशैं गीत ‘बस पर्खेर’ सार्वजनिक गरिएको छ । भिडियो गायक गुरुङले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन्।

सर्जक ओम छिनालको लय तथा शब्दमा रहेको गीतमा गायक मौसम गुरुङ र गायिका रेजिना परियारको आवाजमा रहेको  छ ।

गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने सुरेश श्रेष्ठले छयाङ्गकन र दिपक विष्टले सम्पादन गरेका छन् । त्यस्तै भिडियोमा दुर्गेश थापा र सुस्मिता थापा मगरको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया