काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज ६ सयले बढ्दै प्रतितोला सुन ९६ हजार ४ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९५ हजार ९ सय निर्धारण गरिएको छ ।
गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो । आज भने एकै दिन ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला १,३१५ कायम रहेको महासंघले जनाएको छ ।