नगरसभापति दान बहादुर पालद्धारा राहत वितरण

डम्बर निदाल
डडेल्धुरा – कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न जारी लकडाउनका कारणले प्रभावित बनेका ज्यालादारीमा काम गर्ने मजदुरलाई राहत वितरण गरिएको छ ।

नेपाली कांग्रेस अमरगढी नगरपालिका नगरसभापति दानबहादुर पालले मंगलबार लकडाउनका कारणले दैनिक गुजारा चलाउन नसक्ने दुई परिवारलाई ३० किलोका दरले चामल उपलब्ध गराएका हुन् ।

गत चैत्र ११ गते देखी देशभर लागु गरीएको लकडाउनका कारण दैनिक मजदुरी गरी खाने,गरिव,अति विपन्न टुहुरा,असाय,अपांग,बेसाहाराआमा बुवा,दैनिक गुजरा चलाउन असमर्थ ब्यक्तिहरुलाई आफूले गत चैत्र २२ गते देखी नै सहयोग गर्दै आइरहेको नगरसभापति पालले बताएका छन् । दैनिक ज्याला मजदुरी गर्न नपाएपछि साँझ बिहान छाकटार्न समस्या परेका अमरगढी नगरपालिका लगायत सुदुरपश्चिमका विभिन्न जिल्लामा पुगि अहिले सम्म लगभग एक हजार परिवारलाई राहत बितरण गरेको जानकारी दिए ।

उहाँका अनुसार राहतमा अबस्था हेरी खाधान्न सामग्रीका साथै स्वास्थ्य सामग्री, लुगाकपडा लगायत नगद समेत दिएको बताउनु भयो । यसै गरी गत जेठ १० गते भारत वाट आई अमरगढी नगरपालिकाका ११ वडाका बिभिन्न क्वारेनटाईनमा बस्नु भएका ५०१ जना लाई खाजा समेत खुवाएको बताए ।

यसका साथै बिभिन्न मठमन्दिर बनाउन र मंगलवार मात्रै अमरगढी—९ मा रहेको मुसानी मन्दिर निर्माणका लागी राहत स्वरुप नगद ५ हजार १ सय ५१ रुपैया सोही मन्दिरका ( धामी ) राज बहादुर लुहार लाई दिएका छन् । यसै गरी मंगलवार अमरगढी वडा नं ८ का टेक बहादुर साँकी र गिता देवी साँकी लगायत दुबै परिवार लाई राहत स्वरुप ३० किलो चामल उपलब्ध गराएकोे बताएका छन् । घरमा श्रीमती र एक छोरासहित ३ जनाको परिवार रहेका साँकीको बस्नलाई घर समेत छैन । यस्ता किसमका कार्यमा आफनो प्रयास निरन्तर रहने समेत सभापति पालले बताए ।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको