काठमाडौँ- नेपालमा थप १०८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ४९२१९ पुगेको छ। पछिल्लो २४ घण्टामा १११६७ जनाको पिसिआर परीक्षण गरिएको छ।
त्यस्तै आजै थप ९१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ३३८८२ पुगेको छ।
संक्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
