दशैंलाई लक्षित गर्दै लामो दूरीका सवारीसाधन संचालनमा ल्याउने तयारी

काठमाडौं –  उपत्यकामा ठप्प पार्नेगरी लगाइएको निषेधाज्ञा केही शर्तसहित सहज पारिएको छ। बुधबार बसेको उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सवारीसाधनमा जोरबिजोर, पसल व्यवसाय खोल्न पाउने, आवश्यक कार्यालय सञ्चालन गर्न पाउनेलगायत निर्णय गरेको हो।

प्रशासनले निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर लागु गर्ने र अन्य पसल व्यवसाय खुलाउने निर्णय गरेको छ। त्यस्तै, २० सिटभन्दा बढी भएका सार्वजनिक सवारीसाधन मात्रै खुल्नेछन्।

लामो समय निषेधाज्ञा र लकडाउन गरेपछि सर्वसाधारणको दैनिकीमा अहसज हुन थाले पनि निषेधाज्ञा खोल्नुपर्ने माग सर्वसाधारणले गरेका थिए। प्रशासनले निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर लागु गर्ने र अन्य पसल व्यवसाय खुलाउने निर्णय गरेको छ। त्यस्तै, २० सिटभन्दा बढी भएका सार्वजनिक सवारीसाधन मात्रै खुल्नेछन्।

गृह मन्त्रालयले उपत्यकामा संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा केही सहज बनाउँदै थप्न सिफारिस गरेको थियो। अवस्थालाई ख्याल राख्दै केही सहज पार्न खोजिएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।

उनले अहिले सबैतिर खुला गर्दा संक्रमण फैलनसक्ने भय रहेकाले प्रशासनबीच केही सहज बनाउने सहमति भएको उनको भनाइ छ। ‘अहिले धेरै नै सावधानी अपनाउनुपर्ने अवस्था छ, त्यस्तै आम सर्वसाधारणको दैनिकीलाई विषेश ख्याल गर्नुपर्नेछ, त्यसकारण हामीले मिश्रित तरीकाले निर्णय गरेका छौं,’ उनले भने। उनले दशैंलाई दृष्टिगत गरी लामो दूरीका सवारीसाधनमा केही सहजता ल्याउने गरी गृहकार्य भइरहेको बताएको आजको नागरिक दैनिकमा खवर छ ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको