बेलका नगरपालिकामा दाँतको उपचार नि:शुल्क

उदयपुर- उदयपुरको बेलका नगरपालिकावासीले नि:शुल्क रूपमा दाँतको उपचार गर्न पाउने भएका छन् । बेलका घर भई काठमाडौं बस्ने युवाहरु आबद्ध बेलका विकास समाजले नगरपालिकाको केन्द्र रामपुरमा असार ७ गते (शनिवार) नि:शुल्क दन्त शिविर संचालन गर्न लागेको हो। शिविरका लागि काठमाडौंको ॐ समाज डेन्टल हस्पिटलबाट चिकित्सकहरुको ६ सदस्यीय टोलीसँगै अत्याधुनिक उपकरण बेलका लगिने आयोजक बेलका विकास समाजका अध्यक्ष महेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार शिविरमा आवश्यकताअनुसार दाँत निकाल्ने, भर्ने, सफा गर्ने तथा परामर्श सेवा प्रदान गरिने छ। उदपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सांसद डा. नारायण खड्काले दन्त शिविर उपयुक्त समयमा चलाउन लागेको भन्दै आयोजकलाई आगामी दिनमा पनि यस्ता सामाजिक काममा सकृय हुन युवाहरुलाई सुझाब दिए। बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले नगरवासीलाई आवश्यक सेवा समाजले प्रदान गर्न लागेको र बढिभन्दा बढी नागरिकलाई लाभान्वित गराउन नगरले पनि प्रयास गरिरहेको बताए।

शिविरका लागि बेलका नगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गरेको उनले बताए। ॐ समाज डेन्टल हस्पिटलका संचालक डा. सुभाष घिमिरेले उदयपुरजस्तो ठाउँमा पूगेर आफ्नो हस्पिटलले सेवा प्रदान गर्ने अवसर पाएको र यसलाई प्रभावकारी बनाउन सबैखालको प्रयास गर्ने बताए। आयोजक बेलका विकास समाजका कोषाध्यक्ष बाबुराम खतिवडाले बेलकामा अहिलेसम्म भएका कुनै पनि शिविरभन्दा बढी सेवा प्रदान गरिने भन्दै शिविरबाट ५ हजार नागरिकलाई सेवा दिने दाबी गरे। शिविर शनिवारमात्रै चल्ने छ।

खतिवडाका अनुसार बेलकामा उपचार सम्भव नभए आर्थिक अवस्था कमजोर भएका विरामीलाई काठमाडौंसम्म पुर्याएर नि:शुल्क उपचार गर्ने व्यवस्था आयोजकले मिलाउने छ। बेलका नगरपालिका उदयपुरको पूर्वी भेगमा अवस्थित! नगरपालिका हो। यो नगरपालिकामा ५२ हजार बढी जनसंख्या छ।

सिफारिस

अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमा अदालतको रोक

गैरअमेरिकी आमाबाबुका सन्तानलाई अमेरिकामा जन्मेका आधारमा नागरिकता दिने प्रावधान अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा अदालतले रोक लगाएको छ। अमेरिकाको सियाटलस्थित संघीय अदालतका न्यायाधीशले...

बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक सुनचादीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेका गायक...

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आजबाट पस्मिना प्रदर्शनी सुरू भएको छ। माघ १२ गतेसम्म चल्ने मेलामा स्वदेशी उत्पादन र सेवाका साथै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक...

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा...

महालक्ष्मी बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण

काठमाण्डौं- विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले आयोजना...

अमेरिका भ्रमणमा रहेका सांसद एकनाथद्वारा संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष याङसंग भेट

न्यूयोर्क - मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु...

कहाँ गए १५ जना प्रहरी ? ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपाल प्रहरीको एकजना हवलदारसहित १५ जना प्रहरी कर्मचारी २...

बढुवा भएका प्रहरीका २५ एसएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौँ - नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक...

धेरै पढिएको