बेलका नगरपालिकामा दाँतको उपचार नि:शुल्क

उदयपुर- उदयपुरको बेलका नगरपालिकावासीले नि:शुल्क रूपमा दाँतको उपचार गर्न पाउने भएका छन् । बेलका घर भई काठमाडौं बस्ने युवाहरु आबद्ध बेलका विकास समाजले नगरपालिकाको केन्द्र रामपुरमा असार ७ गते (शनिवार) नि:शुल्क दन्त शिविर संचालन गर्न लागेको हो। शिविरका लागि काठमाडौंको ॐ समाज डेन्टल हस्पिटलबाट चिकित्सकहरुको ६ सदस्यीय टोलीसँगै अत्याधुनिक उपकरण बेलका लगिने आयोजक बेलका विकास समाजका अध्यक्ष महेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार शिविरमा आवश्यकताअनुसार दाँत निकाल्ने, भर्ने, सफा गर्ने तथा परामर्श सेवा प्रदान गरिने छ। उदपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सांसद डा. नारायण खड्काले दन्त शिविर उपयुक्त समयमा चलाउन लागेको भन्दै आयोजकलाई आगामी दिनमा पनि यस्ता सामाजिक काममा सकृय हुन युवाहरुलाई सुझाब दिए। बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले नगरवासीलाई आवश्यक सेवा समाजले प्रदान गर्न लागेको र बढिभन्दा बढी नागरिकलाई लाभान्वित गराउन नगरले पनि प्रयास गरिरहेको बताए।

शिविरका लागि बेलका नगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गरेको उनले बताए। ॐ समाज डेन्टल हस्पिटलका संचालक डा. सुभाष घिमिरेले उदयपुरजस्तो ठाउँमा पूगेर आफ्नो हस्पिटलले सेवा प्रदान गर्ने अवसर पाएको र यसलाई प्रभावकारी बनाउन सबैखालको प्रयास गर्ने बताए। आयोजक बेलका विकास समाजका कोषाध्यक्ष बाबुराम खतिवडाले बेलकामा अहिलेसम्म भएका कुनै पनि शिविरभन्दा बढी सेवा प्रदान गरिने भन्दै शिविरबाट ५ हजार नागरिकलाई सेवा दिने दाबी गरे। शिविर शनिवारमात्रै चल्ने छ।

खतिवडाका अनुसार बेलकामा उपचार सम्भव नभए आर्थिक अवस्था कमजोर भएका विरामीलाई काठमाडौंसम्म पुर्याएर नि:शुल्क उपचार गर्ने व्यवस्था आयोजकले मिलाउने छ। बेलका नगरपालिका उदयपुरको पूर्वी भेगमा अवस्थित! नगरपालिका हो। यो नगरपालिकामा ५२ हजार बढी जनसंख्या छ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको