सरन महर्जन
ललितपुर – रातो मच्छिन्द्रनाथ यात्रामा गिरफ्तारमा परेका अभियन्तालाई विना सर्त रिहाको माग गर्दै आज विरोध सोरूप सिद्धिपुर थसि – ६ देबननिमा प्रदर्शन गरिएको छ। नेवाः देय दबू थसि सिद्धिपुर – 6 महालक्ष्मी नगर समितिले सांकेतिक रुपमा विरोध प्रदर्शन गरेको हो । विरोध कार्यक्रमा बच्चादेखि वृद्ध /वृद्धासम्म सहभागीता रहेको थियो।

स्थानीय सरकार र सराेकार समाजका केही पदाधिकारीहरूकाे अनिर्णयकाे कारण पांच महिना बन्दी बनेकाे रातो मच्छिन्द्रनाथकाे (बुंगद्याे) रथयात्रा सम्पन्न गराउन सशक्त पहल गरेको भन्दै तत्काल रिहाइको माग गरेका हुन् ।
सम्पूर्ण नेपालीकाे धर्म, संस्कृति र सम्पदामाथिकाे आस्थालाई अक्षुण्ण राख्न लाठी, बूट, पानीकाे फाेहाेरा मात्र हाेइन, थुनामा राख्दा काेराेनाकाे संक्रमण समेत सहने ती अनुयायीहरूकाे सुस्वास्थ्यकाे कामना गर्दै शिघ्रातिशिघ्र रिहाइकाे लागि सम्बन्धित पक्षसंग आग्रह पनि गरिएको नेवाः देय दबू महालक्ष्मी नगर समितिका अध्यक्ष विजय कुमार महर्जन जानकारी दिए ।
