कोरोनाको उच्च जोखिममा परेका कैदीबन्दीलाई सजायको प्रकृति हेरेर छाड्न आदेश

काठमाडौं – सर्वोच्च अदालतले कोरोनाको उच्च जोखिममा परेका कैदीबन्दीलाई सजायको प्रकृति हेरेर छाड्न आदेश दिएको छ। कम सजाय भएका कैदीलाई रातमा मात्र जेलमा बसे हुने सुविधा दिन पनि सर्वोच्चले भनेको छ।

संक्रामक रोग ऐन २०२० ले दिएको अधिकार प्रयोग गरी विशेष निर्णयमार्फत कैदीबन्दी छाड्न आदेश भएको हो। आदेशानुसार अवस्था हेरेर कैदीबन्दीको सजाय घटाउन सकिनेछ। नाजुक अवस्थाका बालबालिका, गर्भवती, दूध खुवाइरहेका महिला तथा जटिल स्वास्थ्य समस्या भएकालाई उनीहरूको अवस्थाबारे अत्यन्त सतर्कतापूर्वक पहिचान गरी छाड्नुपर्नेछ।

कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार कैदीबन्दीलाई सुधार गृहमा पठाउनेलगायत कार्यान्वयनको व्यवस्था मिलाउन आदेशमा उल्लेख छ। जसमा सामाजिक एवं सामुदायिक सेवामा लगाउने, पुनःस्थापना केन्द्रमा पठाउने, खुला कारागारमा राख्‍ने छन्।

यस्तै, प्यारोलमा राख्‍ने, सामाजिकीकरण गर्ने, शारीरिक श्रममा लगाउने, प्रोवेसन र प्यारोल अधिकृत तोक्‍ने, कैद छुट भएपछि आयमूलक कार्यमा सहभागी हुनेलगायत कारागार र कैदीबन्दीसम्बन्धी व्यवस्था छन्।

न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले साउन १९ गते गरेको फैसलाको पूर्ण पाठ बिहीबार सार्वजनिक भएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

सिफारिस

‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्टमा रमाए दर्शक (तस्वीरहरू)

साङ्गीतिक ब्यान्ड नेपथ्यले पोखरामा प्रश्तुत गरेको कन्सर्टमा पोखरेली संगीतकर्मीहरुले मजा लिएका छन् । शुक्रबार साँझ नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा...

ड्रोन भ्यूमा त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुन अब नौ दिन मात्र बाँकी छ। प्रतियोगिताको तयारी स्वरूप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय...

नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक विशेष समारोहका बीच विमोचन गरिएको छ। जङ्गी अड्डामा आयोजित उक्त कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ड्रोन भ्यूमा त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण...

नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक...

सञ्चारमन्त्री खरेलद्वारा सवारी चालक अनुमति पत्र छपाइको उद्घाटन (तस्वीरहरू)

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी...

शान्ति मिसनमा नेपाली सेना: विश्व शान्तिमा उल्लेखनीय योगदान

काठमाडौं - नेपाल संयुक्त राष्ट्रसंघको विश्व शान्ति स्थापना अभियानमा...

काठमाडौं नजिकै रहेको मनमोहक धाप ड्याम (तस्वीरहरू)

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप...

यात्रा स्मृति : पाँचपोखरी पदयात्रामा जे देखियो (तस्वीरहरू)

तिहारको बिदा अगावै सहकर्मी साथी उत्सव र मेरो कतै...

धेरै पढिएको