कुलमानको पक्षमा नेविसंघ डडेल्धुराको प्रदर्शन

डम्बर निदाल
डडेल्धुरा – कुलमानको पक्षमा नेपाल बिद्यार्थी संघ डडेल्धुराले प्रदर्शन गरेको छ । नेपाल बिद्युत प्राधिकरणमा कुलमान घिसिङ्ग दोहरिनु पर्ने भन्दै नेवि संघले बिहिबार जिल्ला सदरमुकाम बागबजारमा प्रदर्शन गरेको छ । राष्ट्रिय झण्डा बोकी बिद्यार्थीहरुले नेविसंघ के भन्छ ? नेपाली जनता के भन्छ ? कुलमान घिसिङ्ग ल्या भन्छ । भ्रष्ट सरकार होसियार भन्दै प्रदर्शन गरेको हो ।

उज्यालो नेपाल अभियान अन्तरगत नेपाल लाई नविकरणिय उर्जामा आत्म निर्भर बनाउने आदरणिय व्यक्तित्व कुलमान घिसिङ लाई पुनः प्राधिकरणको निर्देशकमा नियुक्त गराईयोस भनेर सरकार लाई दवाव दिन प्रदर्शन गरिएको स्ववियु सभापति एवं नेविसंघ नेता जगत ऐरले बताए ।

देशलाई अंन्धकारबाट उज्यालो ल्याउने तिन करोड नेपालीको ढुकढुकीमा रहेका कुलमान घिसिङ लाई के पि ओली सरकारले हटाएर आफ्नो मान्छे राख्नु खोजेको र जसले सारा नेपालीलाई दुखि बनाएको महसुस भएको छ ।
हामिले कागजि व्यवस्था मा हैन, नेपालको अवस्थामा परिवर्तन खोजेका छौ । उनले भने, अन्धकार लाई मुक्त गर्ने उज्यालोका प्रतीक हुन कुलमान घिसिङ्ग । नविकरणिय उर्जामा आत्मनिर्भर बन्न र हजारौ युवा लाई रोजगारि प्रदान गर्न कुलमान घिसिङ्ग लाई सरकारले एक पटक फेरि विद्युत प्राधिकरणको कार्यकारीमा नियुक्त गरिएयोस भनेर नेविसंघ डडेल्धुराले सदरमुकाममा प्रदर्शन गरेको हो ।

अरबौ घाटामा रहेको जलविद्युत मा कुलमानले गरेको योगदानको कदरका लागि पनि पुन कुलमान लाई नै नियुक्ति गर्नुपर्ने दवाव दिन प्रदर्शन गरेको नेता ऐर ले बताए ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको