बेलका नगरपालिकाका पाँच सय बढी स्थानीयले नि:शुल्करूपमा दाँतको उपचार पाए

उदयपुरको बेलका नगरपालिकाका पाँच सय बढी स्थानीयवासीले नि:शुल्करूपमा दाँतको उपचार सेवा पाएका छन् । शनिबार बेलका नगरपालिकाको सभाहलमा आयोजित नि:शुल्क दन्त शिविरबाट बेलकावासीले सेवा लिएका हुन् । बेलका विकास समाज (बड्स)को आयोजनामा संचालित शिविरमा नगरको ९ वटै वडाका बिरामी सहभागी बने ।

काठमाडौंको ॐ समाज डेन्टल हस्पिटलबाट बेलका आइपुगेका चिकित्सक तथा स्वास्थ्यकर्मीले दाँत भर्ने, निकाल्ने, सफा गर्ने सेवा प्रदान गर्नुका साथै बिरामीलाई आवश्यक परामर्श दिए । ‘अत्यन्तै अपरीहार्य स्थानीय तहमा शिविर संचालन भएको छ,’ वरिष्ठ दन्तरोग विशेषज्ञ सुभाषकुमार घिमिरेले भने, ‘सामान्य असावधानीका कारण दाँत किराले खाएका र समस्या गम्भीर बन्दै गरेका बिरामीको उपचार गरियो ।’
बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापा (स्वस्तिक) ले बेलैमा दाँत र खानपिनप्रती सावधानी नापनाउँदा आफू डाइबेटिजको सिकार बनेको बताए । ‘मुखको केयर नगर्दा म त बिरामी बनेँ,’ उनले भने, ‘अब यो नगरपालिकाका जनता मजस्तै समस्यामा नपरुन्, त्यसैले यस्ता स्वास्थ्य शिविरलाई म प्रोत्साहन गर्छु ।’ नगरप्रमुख थापाले पनि बेलकामा दन्त शिविर बेलैमा भएको भन्दै आयोजकलाई धन्यवाद दिए। उनले छिट्टै नगरपालिकामा दाँतकाे अस्पताल खोल्न पहल गर्ने प्रतिबद्धता जनाए।

दन्त शिविर आयोजक बेलका विकास समाजका अध्यक्ष महेन्द्र थापाले शिविरबाट पाँच सयभन्दा बढी बिरामीले सेवा लिएका बताए। ‘अझै बढी बिरामीलाई समेट्ने गरि हामीले योजना बनाएका थियौँ,’ उनले भने, ‘तर दाँतकाे उपचार अलि ढिलै हुने रहेछ। त्यसैले पाँच सय बढी बिरामीले मात्रै लाभान्वित हुने अवसर पाउनुभयो।’ बड्सले दाँतकाे अस्पताल स्थापनाका लागि नगरपालिकाले गर्ने प्रयासमा साथ दिने बताउँदै अध्यक्ष थापाले आर्थिकरूपमा बिपन्न नागरिकलाई जहिले पनि नि:शुल्करूपमा औषधि गर्ने व्यवस्था मिलाउने बताए।

दाँत भरेर निस्कँदै गरेकी बेलका नगरपालिका-४ कि ५३ वर्षीया कलादेवी अधिकारीले पहिलोपटक कुनै शिविरबाट आफू सन्तुष्ट भएको बताइन् । ‘दाँत भर्न धरान जानुपर्ने बाध्यतामा थिएँ,’ अधिकारीले भनिन्, ‘ठिक यहि बेलामा दाँत पनि भर्न पाइने गरि शिविर हुँदै गरेको कुरा थाहा पाएर आएँ, दाँत भरिदिए । खुसी लागेको छ ।’

बेलका-९ का २१ वर्षीय नेत्र शर्माले आफ्नो दाँतको समस्याबारे परामर्श लिनुका साथै दाँत सफा गरेको बताए। बेलका-६ कि ३६ वर्षीया शर्मिला बिकले दाँतमा किरा लागेकाले शिविरमा आएको र एउटा दाँत निकालेको बताइन् । ‘अब केही दिनपछी खेतिपातीमा व्यस्त भइन्छ,’ उनले भनिन्, ‘तर शिविर अगाडि नै भयो, यसको फाइदा लिन पाइयो।’

बेलका-१ कि ६९ वर्षीया रामवती चौधरीले पाँच वर्षदेखी दुखिरहेको दाँत निकालेर फालेको बताइन् । ‘पाँच वर्षदेखी मैले दाँत दुखाइको समस्या झेल्दै आएकी थिएँ,’ उनले भनिन्, ‘यो बुढेसकालमा आफैं झर्ला भन्ने लागेर उपचार गर्नेबारेमा सोचिएन। आज दुख्ने चाहिँ दाँत निकालियो, अब सन्चो होला कि! यी, औषधि लेखिदिएका छन् ।’

दन्त शिविर आयोजक बेलका विकास समाज बेलका घर भइ काठमाडौं बसोबास गर्ने युवाहरुले खोलेको संस्था हो। संस्थाले बेलका नगरपालिकाको विकास र समृद्धिमा सहयोग पुग्ने गरि बेलका नगरपालिकासँग मिलेर विभिन्न कार्यक्रम संचालन गर्दै आएको समाजका कोषाध्यक्ष बाबुराम खतिवडाले बताए।
बेलका नगरपालिका उदयपुरको सबैभन्दा पूर्वी भेगमा अवस्थित नगरपालिका हो।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको