गर्मीमा के खाने, के नखाने ?

काठमाडौं – गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने पनि बढ्दैछन् । गर्मी मौसममा धेरै मानिस सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुँपानी र बरफ, आइसक्रिमलगायतका खानेकुरा खाने प्रवृत्ति बढ्दो छ ।

वरपरको वातावरण तथा बदलिँदो जीवनशैलीका कारण घरमा भन्दा बाहिरी खानेकुराको बढ्दो प्रयोगले मानिसलाई निकै आकर्षित गर्ने गरेको छ । पानीपुरी, चटपटे जस्ता खुल्ला स्थानमा बेच्न राखिएका खानेकुरा खाने चलन बालबालिका, युवा र पाका मानिस सबैमा बढ्दो छ ।

अस्पतालमा झाडापखाला तथा बान्ता हुने, रुघाखोकी लागेर लामो समय निको नभएका बिरामी सङ्ख्याको बढ्न थालेकाे छ । झाडाबान्ताका कारण मानिसको ज्यान पनि जानसक्ने भएकाले खानेकुरा, पानी खाँदा सफा, सुरक्षित र स्वस्थकर मात्र खान डाक्टरहरूले बताउछन् ।

त्यस्तै, गर्मीमा फोहर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने, सुक्खा रुघाखोकी लागेर परिवारका सदस्यमा एकअर्कालाई सरेर समस्या हुने डाक्टरहरू बताउछन् ।

बाहिर सडकमा राखिएका खानेकुरा बासी, सडेगलेका तथा झिङ्गा भन्किएका फोहर पानी अनि फोहरी हातबाट बनाइएका खानेकुरा खाँदा झाडापखालाले मानिसलाई सताउने गरेको चिकित्सकको भनाइ छ ।

डाक्टरहरूका अनुसार बजारमा काटेर राखिएका फलफूल नधोइ खानु हुँदैन । यसैगरी सागसब्जी तथा सलाद पनि सफा पानीले नपखाली खाएमा झाडाबान्ता र हैजाका सिकार हुने खतरा रहन्छ ।

यो मौसममा झिङ्गा, लामखुट्टे, फट्याङ्ग्र्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवम् रहनसहनमा विशेष ध्यान पु¥याउनु आवश्यक छ ।

यसै पनि काठमाडौँ उपत्यका हैजा र झाडाबान्ताको उच्च जोखिमयुक्त ठाउँ हो । उपत्यकामा हैजा र झाडापखाला फैलिनाका पछाडि जनसङ्ख्याको बढ्दो चाप, दूषित खानेपानी, अस्वस्थ किसिमका खानेकुरा, अज्ञानताजस्ता कारण रहेका छन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको