सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका- ७ घुम्थाङको नागपुजेमा पहिरोमा पुरिएका ४ जनाको शव फेला परेको छ ।
उद्धारका लागि खटिएका नगरप्रमुख निमफुन्जो शेर्पाले ४ जनाको शव भेटिएको बताए । ‘४ जनाको शव भेटिएको छ । २६ जना बेपत्ता हुनुभएको छ । स्काभेटरको सहयोगले बेपत्ताको खोजी गरिरहेका छौँ,’ उनले भने ।
उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी घटनास्थलमा पुगिसकेको छ ।
