डम्बर निदाल
डडेल्धुरा -भागेश्वर गाउँपालिकाले गाउँमै कोल्ड स्टोर निर्माण गर्न थालेको छ । तरकारी उत्पादनका लागी अग्रणी क्षेत्र रहेको गाउँपालिकाको बगरकोटमा कोल्ड स्टोर निर्माण गरिन लागेको हो ।करीव ४१ लाखको लागतमा ३० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गरिन लागेको भागेश्वर गाउँपालिकाले जनाएको छ ।
जिल्लामा अहिले सम्म एउटा मात्र कोल्ड स्टोर संचालनमा छ । भागेश्वर गाउँपालिकामा कोल्ड स्टोर निर्माण भए जिल्लामा दुई वटा कोल्ड स्टोर हुने छन ।
तिन वटा चेम्बर रहने कोल्ड स्टोर गाउँपालिका र ग्रामीण जलस्रोत व्यस्थापन परियोजनाको संयुक्त लगानीमा निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन । गाउँमै कोल्ड स्टोर बने पछि कृषिमा आत्मनिर्भर बन्न खोजिरहेका किसानलाई सहज हुने उनको भनाई छ ।
गाउँपालिकामा उत्पादन हुने तरकारी तथा फलफुल कोल्ड स्टोरमा राख्न पाए किसानले उचित मुल्य पाउँनेछन ।’ उनले भनिन, ‘अहिले सम्म कोल्ड स्टोर नहुँदा कृषकलाई बिउ किन्नु पर्ने बाध्यताको थियो । अब त्यसको अन्त्य हुनेछ ।’ स्थानिय अझै व्यवसायिक कृषि तर्फ आकर्षित हुने छन । गाउँघरमै रोजगारिका अवसर पनि मिल्ने उनले बताईन ।
पछिल्लो समयमा भागेश्वर गाउँपालिकाले उदाहरणीय काम गर्दै आएको छ ।
गाउँपालिकाले गत वर्ष जिल्लामै पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी ‘सेनेटरी प्याड’ निकाल्ने मेसिन सञ्चालनमा ल्याएको थियो । यसै गरी जिल्लामै पहिलो पटक गाउँपालिकाले २० लाखको लागतमा २० वार्डको आइसोलेसन कक्ष समेत निर्माण गरेको छ ।