अस्ट्रेलियामाथि इङल्याण्डको रोमान्चक जित

काठमाडौँ – दोस्रो एकदिवसीय खेलमा इङल्याण्डले अस्ट्रेलियामाथि रोमान्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्ड २४ रनले विजयी भएको हो । इङल्याण्डले दिएको २३२ रनको मध्यम लक्ष्य पछाएको अस्ट्रेलिया ४८.४ ओभरमा अल आउट हुदै २०७ रन मात्र बनाएपछि खेल २४ रनले हारेको हो ।

अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सर्बाधिक ७३ रन बनाए भने मार्नस लाबुचांगेले ४५, एलेक्स केरीले ३६ रन बनाएका थिए । इङल्याण्डका बलर जोफ्रा आर्चर, क्रिस वोक्स र साम कुरानले ३-३ विकेट लिए भने आदील राशिदले एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै २३१ रन बनाएको थियो ।इङल्याण्डका लागि जो रुटले ३९, टम कुरानले ३७, आदील रशिदले ३५, कप्तान इयोन मोर्गनले ४२, क्रिस वोक्सले २६ जासन रोयले २१ रन बनाएका थिए ।

अस्ट्रेलियाका बलर एडम जाम्पाले ३ विकेट लिएका थिए भने मिचेल स्टार्कले २ विकेट लिएका थिए । यस खेलको प्लेयर अफ द म्याच इङल्याण्डका बलर जोफ्रा आर्चर भएका थिए । आर्चरले १० ओभरमा २ मेडनसहित ३४ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका थिए । उनले डेविड वार्नर, मार्कस स्टोइनिस र शन मार्शलाई आउट गरेका थिए ।

यो सँगै ३ खेलको सिरिज १-१ को बराबरी भएको छ । अब सिरिजको अन्तिम खेल बुधबार खेलिदै छ ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको