वडाअध्यक्षद्वारा सव -ईन्जिनियरमाथि कुट्पिट

रामेछाप – सुनापति गाउपालिका २ डिमिपाेखरीका वडाअध्यक्ष कमल केसीले वडामा कमर्यरत सव -ईन्जिनियर हिमाल खड्कालाई अाईतबार हातपात गरेका छन् । भुकम्प प्रभावितले पुन:निर्माणका लागि पाएकाे दाेस्राे किस्ता र तेस्राे किस्ताकाे निकासा सम्बन्धि सुचना फेसबुकमा राखेकाे भन्दै वडा अध्यक्ष केसिले ईन्जिनियर खड्कालाई हातपात गरेकाे थियाे । विना गल्ति जनप्रतिनिधिले इन्जिनियर खड्कालाई अपशब्द प्रयाेग गर्दै निलडाम हुनेगरि कुटपिट गरेकाे छ। यसरी जनप्रतिनिधिबाट नै ईन्जिनियर कुटिएकाेमा कानुनी कारणबाहिकाे माग गर्दै राष्ट्रिय पुननिर्माण प्राधिकरण प्राविधिक संजाल रामेछापले साेमबार एक विज्ञप्ति जारी गरेकाे छ ।

यसअघि पनि मापदण्ड पूरा नभएकाे घर पास गराउन दबाव दिने,थर्काउने गरेकाे र यश प्रकारकाे गतिविधि पटकपटक गरणदा समेत जनप्रतिनिधि भएकै कारण कानुनी कारबाही नहुदा केसिकाे झन मनाेबल बढेकाे हुदा केसीलाई कानुनी कारबाही नभएसम्म प्राविधिकहरुले अाफ्नाे कामकाग ठप्प पार्ने विज्ञप्तिमा उल्लेख गरिएकाे छ । सुनापतिमा साेमबार देखि नै काम ठप्प पारिएकाे जनाएको छ भने अबकाे एकसाता भित्र कानुनी कारबाहिरी नभए जिल्ला भरिनै कामकाग ठप्प पार्ने जनाएकाे छ ।

त्यसैगरि जनप्रतिनिधिले कर्मचारी माथि हातपात गरि कानुन हातमा लिन खाेजेकाे र अरुकाे अस्तित्व जनप्रतिनिधिले स्विकार्न नसकेको देख्दा देशमा छाडातन्त्र माैलाएकाे महसुस गरेकाे समेत विज्ञप्तिमा जनाएकाे छ । नागरिकको जानकारीका लागि प्रकाशन गरिनु पर्ने सुचनालाई फेसबुकमा राखेकाे कारण इन्जिनियर कुटिएकाेमा घाेर भत्सना गर्दै कानुनी कारबाहीको माग गर्दै साेमबार विज्ञप्ति निकालेकाे राष्ट्रिय पुरनिर्माण प्राधिकरण प्राविधिक संजाल रामेछापका संयाेजक अरविन्द कुमार महताेले जानकारी दिनुभयाे ।

बझाङ जिल्ला खप्तडछान्ना गाउपालीका ६ निवासी इन्जिनियर खड्का २०७२ सालकाे विनासकारी भुकम्प पछिकाे निजी निवास पुनर्निर्माणकाे काममा ३ बर्ष देखि जिल्लाकाे सुनापति २ डिमिपाेखरीमा सव- ईन्जिनियरकाे रुपमा कार्यरत छन् । खड्काले अाफु वडामै बसेर ईमान्दारपुर्वक कामसम्पादन गर्दा गर्दै पनि अध्यक्ष केसिले पटक -पटक यस्ताे किसिमको गतिविधि गरेकाे र काम गर्न असजिलो भएकाे खड्काले खुलासा गर्नुभयाे ।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको