डडेल्धुराका एक व्यापारीलाई कोरोना देखिएपछि केही पसल सिल

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा बगरपाटाका एकजना व्यवसायीमा आईतबार कोरोना संक्रमण भेटिएपछि सदरमुकाम बजारका केही पसल सिल गरिएको छ । खेमराज पनेरुको घरदेखि लोकेन्द्र गुरुङको घरसम्मको बजार क्षेत्रलाई सिल गरिएको अमरगढी नगरपालिका वडा नं. ५ को कार्यालयले जनाएको छ ।

अर्को सुचना जारी नभएसम्मका लागि आईतबारदेखि अनिश्चित समयका लागि उक्त क्षेत्रमा पर्ने व्यापार व्यवसाय तथा बैक बित्तिय संस्था जस्ता कार्यालयहरु समेत बन्द रहने गरि सिल गरिएको वडा नं. ५ का अध्यक्ष खेमराज पाठकले जानकारी दिएका छन् ।

डडेल्धुरा बगरपाटामा व्यवसाय गरिरहेका एक व्यापारीमा आईतबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
अमरगढी नगरपालिका ५ घर भएका ६८ वर्षीय बृद्धमा कोरोना संक्रमण भेटिएको अमरगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले बताएका छन् ।

शनिबार आफै रकम तिरेर स्वाब दिएका उनको रिर्पोट आईतबार डडेल्धुरा अस्पतालमा रहेको कोरोना परिक्षण प्रयोगशालामा जाँच गर्दा पोजेटिभ भेटिएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । उनि केही दिन अघि महेन्द्रनगर वाट आएको बताईएको छ ।

संक्रमित वृद्धलाई आफ्नै घरमा होम आइसोलेसनमा राखिएको छ । उनीसँगै उनको छोरीको पनि पिसिआर जाँच गरिएको थियो । छोरीको रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमित वृद्धको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको