डडेल्धुराका एक व्यापारीलाई कोरोना देखिएपछि केही पसल सिल

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा बगरपाटाका एकजना व्यवसायीमा आईतबार कोरोना संक्रमण भेटिएपछि सदरमुकाम बजारका केही पसल सिल गरिएको छ । खेमराज पनेरुको घरदेखि लोकेन्द्र गुरुङको घरसम्मको बजार क्षेत्रलाई सिल गरिएको अमरगढी नगरपालिका वडा नं. ५ को कार्यालयले जनाएको छ ।

अर्को सुचना जारी नभएसम्मका लागि आईतबारदेखि अनिश्चित समयका लागि उक्त क्षेत्रमा पर्ने व्यापार व्यवसाय तथा बैक बित्तिय संस्था जस्ता कार्यालयहरु समेत बन्द रहने गरि सिल गरिएको वडा नं. ५ का अध्यक्ष खेमराज पाठकले जानकारी दिएका छन् ।

डडेल्धुरा बगरपाटामा व्यवसाय गरिरहेका एक व्यापारीमा आईतबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
अमरगढी नगरपालिका ५ घर भएका ६८ वर्षीय बृद्धमा कोरोना संक्रमण भेटिएको अमरगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले बताएका छन् ।

शनिबार आफै रकम तिरेर स्वाब दिएका उनको रिर्पोट आईतबार डडेल्धुरा अस्पतालमा रहेको कोरोना परिक्षण प्रयोगशालामा जाँच गर्दा पोजेटिभ भेटिएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । उनि केही दिन अघि महेन्द्रनगर वाट आएको बताईएको छ ।

संक्रमित वृद्धलाई आफ्नै घरमा होम आइसोलेसनमा राखिएको छ । उनीसँगै उनको छोरीको पनि पिसिआर जाँच गरिएको थियो । छोरीको रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमित वृद्धको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

सिफारिस

यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विभाजित अशोक राई नेतृत्व ‘जनता समाजवादी पार्टी’ले पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाएको छ...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी र...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

धेरै पढिएको