काठमाडौं- काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ४४० जना, भक्तपुरका ४३ जना र ललितपुरका २९ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा १०८७८ जनाको पिसिआर परीक्षण गरिएको छ।
त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ५९७ जनामा संक्रमण देखिएको थियो।
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।
त्यस्तै नेपालमा थप ११७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ५५३२९ पुगेको छ।
