सर्पले टोकेपछि ‘प्राथमिक उपचार कसरी गर्ने’ ?

गर्मी मौसममा सर्पले टोक्ने जोखिम उत्तिकै हुन्छ । सर्पले टोक्नुलाई सर्पदंशका रुपमा लिइन्छ । तराइ क्षेत्रमा गर्मीको मौसममा सर्पले टोकेका बिरामी संख्या अरु क्षेत्रको भन्दा तुलनात्मक रुपमा बढी हुने गर्छ ।

सर्प देख्ने बित्तिकै जो कोही पनि तर्सने र धेरैलाई त टोक्यो कि मरिन्छ भन्ने भ्रम रहेको पाइन्छ । अस्पतालसम्म पुग्नुभन्दा अगाडि बिरामीले तुरुन्त र सही प्राथमिक उपचार पाए सर्पदंशबाट हुने मृत्युलाई रोक्न सकिन्छ ।

प्राथमिक उपचार

१) सबैभन्दा पहिले बिरामीलाई उत्तेजित हुनबाट रोक्ने वा शान्त बनाउनु पर्छ । सबै सर्पले टोक्दैमा विष छोडेको हुँदैन, जसलाई ‘ड्राइ बाइट’ भनिन्छ । नेपालको पूर्वी तराइमा गरिएको एक अनुसन्धानले १० प्रतिशत टोकाइमा मात्र सर्पको विष हुने गरेको देखिएको थियो ।

२) बिरामी सकेसम्म नचलिकन बस्नुपर्छ । टोकेको ठाउँमा क्रेप्ट ब्यान्डेज बाँध्नुपर्छ तर धेरै कडा गरेर बाँध्नु हुँदैन । टोकेको ठाउँ नचलोस् भन्नका लागि काठको काप्रो ९स्प्लिन्ट० प्रयोग गर्न सकिन्छ ।

३) टोकेको ठाउँलाई मुटुको लेबलभन्दा मुनि राख्नुपर्छ ।

४) शरीरमा लगाएको कपडा कसिएको भए तथा घडी वा गरगहना लगाएको भए निकाल्नुपर्छ ।

५) अनि जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ ।

के गर्नु हुँदैन?

१) घाउमा चक्कुले काट्ने, चुस्ने वा कुनै रसायन लगाउनु हुँदैन ।

२) धामी झाक्रीको विधि प्रयोग गर्नुहुँदैन ।

३) टोकेको ठाउँमा कुनै कडा रबर ९तन्कने वस्तु० ले बाँध्नु हुँदैन, यसबाट टोकेको ठाउँ वरिपरि कालो हुने वा ग्यांग्रिन भई सर्पले टोकेको ठाउँ नै काटेर फ्याँक्नु पर्ने हुनसक्छ ।

४) मद्यपान (जाँड-रक्सी) खानु हुँदैन ।

-एजेन्सी

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको