यस्ता छन् नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता

कठमाडौं – नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ सार्वजनिक भएको छ ।

नेपाल प्रहरीका प्रहरी कर्मचारीहरुको आचरण एवं व्यवहारमा समयानुकूल सुधार गर्दै सकल दर्जाका प्रहरी कर्मचारीलाई शिष्ट, मर्यादित, जबाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन वाञ्छनीय भएकोले प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम प्रहरी महानिरीक्षकबाट “नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी यो कार्यादेश,२०७७” जारी गरिएको हो ।

जसमा सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेशागत कर्तव्य निर्वाह गर्नु पर्दा अनिवार्य रुपमा सेवाग्राहीसंग कुनै प्रकारको आग्रह वा पूर्वाग्रह वा द्वेष भाव नराखी समान व्यवहार गनुपर्ने उल्लो गरिएको छ । त्यस्तै समयको पालना गर्ने, व्यक्तिगत आचरण तथा अनुशासनमा रही आफ्नो काम, कर्तव्य इमान्दारी र तत्परताको साथ पालना गर्नुपर्नेछ ।

यस्ता छन् अन्य आचारसंहिताहरु

  • नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न अहोरात्र खटिने नेपाल प्रहरीका प्रहरी कर्मचारीहरुको आचरण एवं व्यवहारमा समयानुकूल सुधार गर्दै सकल दर्जाका प्रहरी कर्मचारीलाई शिष्ट, मर्यादित, जबाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन वाञ्छनीय भएकोले प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम प्रहरी महानिरीक्षकबाट “नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी यो कार्यादेश,२०७७” जारी गरिएको ।
  • प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेशागत कर्तव्य निर्वाह गर्नु पर्दा अनिवार्य रुपमा सेवाग्राहीसंग कुनै प्रकारको आग्रह वा पूर्वाग्रह वा द्वेष भाव नराखी समान व्यवहार गर्ने, प्रहरी संगठन र कार्यरत कार्यालयको गरिमा बढाउने किसिमको उच्च नैतिकता देखाउने ।
  • प्रहरी कर्मचारीहरूले समयको पालना गर्ने, व्यक्तिगत आचरण तथा अनुशासनमा रही आफ्नो काम, कर्तव्य इमान्दारी र तत्परताको साथ पालना गर्नु पर्ने । जाति विशेष, लिंग विशेष, धर्म विशेष, सम्प्रदाय विशेष, शरीर विशेषका आधारमा होच्याउने, हेप्ने, टिप्पणी गर्ने, मजाक गर्ने, हाउभाउ प्रकट गर्ने जस्ता क्रियाकलाप गर्न नहुने ।
    प्रहरी व्यवसायिकतालाई आत्मसाथ गरी प्रहरी अधिकृत तथा जवानहरूबीच एकापसमा भाईचारापूर्ण एवं सुमधुर पारस्परिक सम्बन्ध कायम गर्ने ।
  • कार्यालयको कामको संचालन र कार्यसम्पादन सम्बन्धमा आफ्नो काम प्रति अद्यावधिक भईरहनु पर्ने र आजको काम आजै गर्ने परिपाटी विकास गर्नु पर्ने र आफूले सम्पादन गरेको कार्यको संस्थागत अभिलेख तोकिएको ढाँचामा राख्ने ।
    आर्थिक कारोबार र बजेट संचालनमा संलग्न प्रहरी कर्मचारीले प्रचलित आर्थिक ऐन, नियमहरू, तालुक तथा अर्थ मन्त्रालयबाट जारी निर्देशिका र प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरशः पालना गर्ने र आर्थिक पारदर्शिता कायम गर्ने ।
  • प्रहरी कर्मचारीले कार्यप्रकृतिको आधारमा जनपद वा प्राविधिक जुनसुकै समूह अन्तर्गतको जिम्मेवारीमा रहेको भएता पनि नागरिकमैत्री अवधारणा अनुरुप सेवाग्राहीलाई सेवा प्रवाह गर्नु गराउनु पर्ने ।
  • प्रहरी कर्मचारीले ड्युटी गर्दा तथा सेवा प्रवाह गर्दा विनम्रताका साथ सभ्य र शिष्ट बोलीचालीको प्रयोग गरी यथासंभव शीघ्र, सहज र जबाफदेही ढङ्गबाट सेवा प्रदान गर्नुपर्ने र फरक क्षमता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूलाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने ।
  • प्रहरी कर्मचारीले तोकिए बमोजिम अनुमति प्राप्त नगरी विदेशी नियोग, विदेशी कुटनैतिक व्यक्ति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह सरकारी संस्थासँग भेटघाट, सम्पर्क तथा सहकार्य नगर्ने ।
  • प्रहरी कर्मचारीले आफ्नो पदीय जिम्मेवारी र दायित्वसँग असम्बन्धित कार्यक्रममा सहभागी हुन, सम्बोधन गर्न, मन्तव्य दिन या अन्य टीकाटिप्पणी गर्न नहुने ।
  • प्रहरी कर्मचारीले व्यक्तिगत स्वार्थपूर्ति वा आफ्नो व्यक्तिगत लोकप्रियताको लालचमा सञ्चार माध्यमको प्रयोग गर्न तथा सोही प्रयोजनले सूचना चुहावट वा सम्प्रेषण गर्न नहुने ।
  • प्रहरी कर्मचारीले सामाजिक सञ्जालबाट राष्ट्रिय अखण्डतामा खलल पार्ने, साम्प्रदायिक दङ्गा भड्काउने, आतङ्ककारी गतिविधिलाई प्रश्रय दिने, शान्ति सुरक्षामा खलल पार्ने तथा अपराध अनुसन्धानलाई प्रभावित पार्ने गतिविधिहरू प्रकाशन, प्रसारण गर्न तथा त्यस्ता विषयमा Like, Comment, Share, Tag, Tweet, Re-Tweet जस्ता क्रियाकलाप गर्न वा गराउन नहुने ।
  • कार्य सम्पादनको क्रममा प्रचलित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानून, नेपाल सरकार तथा प्रहरी सङ्गठनले अवलम्बन गरेको मानव अधिकार सम्बन्धी सिद्धान्तको संरक्षण, सम्बर्द्धन तथा परिपालना गर्नु पर्ने ।
    अभिवादन स्वरूप हात मिलाउनु स्वाभाविक भए तापनि विपरीत लिङ्गीलाई मौका पाउना साथ थपथपाउने वा मुसार्ने, टॉसिने, छुने, चिमोट्ने कार्य नगर्ने, राम्रो काम गरे बापत स्पर्श गर्न पाउने मनसायले विपरीत लिङ्गीलाई धाप मार्नु नहुने ।
  • कार्यादेशको पालना सम्बन्धमा प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी ईकाई कार्यालय, महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयमा गठित छुट्टाछुट्टै अनुगमन समितिले अनुगमन गर्ने ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको