काठमाडौँ – २०७५ साल चैतमा सञ्चालन भएको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भर्खरै सार्वजनिक गरेको हो ।
गत वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र आंशिक गरी जम्मा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।
नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसइईपछि सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनुपर्छ।
जस्तै: see<space>symbol No टाइप गरी १६०० मा सन्देश पठाउने। यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ।
यसबाहेक १६०० मा कल गरेर पनि एसइईको नतिजा प्राप्त गर्न सकिन्छ।
नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिनेछ। यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ।
यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ। यसमार्फत मार्कसिटसमेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ।