काठमाडौँ- नेपालमा थप १५३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ५८३२७ पुगेको छ।
पछिल्लो २४ घन्टामा १०४९४ जनाको कोरोना परिक्षण गरिएको छ।
त्यस्तै आजै थप १०६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ४१७०० पुगेको छ।