डीभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न सेनामा भर्ती (भिडियो)

काठमाडौं –  हरेक वर्ष डीभी भरेर अमेरिका पुग्ने सपना देख्नेहरू धेरै छन्। तर यही समाजका एक युवा डीभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न कसरी नेपाली सेनामा भर्ती हुन्छ भन्ने कथा बोकेको लघु–चलचित्र ‘रगत’ सार्वजनिक भएको छ।

पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको रगत नेपाली सेनाले आयोजना गरेको लघु–चलचित्र प्रतियोगिता–२०७६ मा दोस्रो भएको थियो। रगतमा नेपाली सेनाको महत्व र देशभक्ति देखाइएको छ।

रवि कार्की, मुना नेपाल, संगीता बस्याल, डीबी घिमिरे, शिवराज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको यो चलचित्र संकल भुजेलले खिचेका हुन्। कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन रहेको छ। विक्रम कार्कीले पाश्र्व संगीत भरेका छन्।

नेपाली सेनाले गरेको काम र नेपाली सेनाप्रति आमनागरिकको सकारात्मक सोच विकास गर्न डीभी परेर पनि अमेरिका नगई सेनामा भर्ती हुने कथा आपूmले रोजेको निर्देशक बस्नेतले बताए। उनले यसअघि लकडाउनका बेलामा कसैसँग नभेटेरै ‘बुहारी’ र ‘मे वान’ नामका दुई लघु–चलचित्र बनाएका थिए।

लघु–चलचित्र ‘रगत’ पुकार टीभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको