काठमाडौँ – सुनको मूल्य फेरि घटेको छ। आज प्रतितोला ९०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९६ हजार ६ सयमा कारोबार भइरहेको छ। बुधबार बुधबार ९७ हजार पाँच सयमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि नौ सय रुपैयाँले नै घटेको छ। आज प्रतितोला ९६ हजार एक सयमा कारोबार भएको छ। बुधबार प्रतितोला ९७ हजारमा कारोबार भएको थियो।
बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय २० रहेको छ। बुधबार एक हजार तीन सय ४० रहेको थियो।
