चावहिल – चुच्चेपाटीमा अवस्थित रहेको मनास्लु वर्ल्ड कलेजले शैक्षिक सत्र २०७७/०७८ को कक्षा ११ मा अध्ययन गर्न चाहने विधार्थीहरुको लागि अनलाइनको माध्यमबाट प्रवेश परीक्षा असोज ३ गते शनिवारका दिन सञ्चालन गर्ने भएको छ।

स्थापनको छोटो समयमा नै निकै चर्चा बटुलेको उक्त कलेजमा असोज ३ गते विहान विभिन्न समयमा प्रवेश परीक्षा हुन लागेको हो।

प्रवेश परीक्षा अनलाइनको माध्यमबाट हुने कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताए । त्यसका लागि विज्ञान संकाय अध्ययन गर्न चाहने विधार्थीहरुले विहान ११:०० बजेदेखि १२:३० सम्म, व्यवस्थापन, मानविकी तथा कानुनी संकाय अध्ययन गर्न चाहने लागि दिउँसो १:०० बजेदेखि २:३० बजेसम्म समय छुट्याइएको छ।

  उक्त विभिन्न संकायमा हुने प्रवेश परीक्षामा पास भएका मध्ये उत्कृष्ट १०० जना विधार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्ने मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया