प्रहरीसँगकाे गुनासो अब सुझाव पेटिकामा

रामेछाप-रामेछापको मन्थली नगरपालिकामा प्रहरी कर्मचारी संग सम्बन्धित गुनासो र सुझाव संकलनकमा लागि पेटिका राखिएको छ ।
मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेत र जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले विहिबार संयुक्त रुपमा पेटिका स्थापना गरेका हुन । उक्त पेटिकामा प्रहरी कर्मचारीहरुले सेवा संचालनका क्रममा गरेका कमि कमजोरीको बारेमा गुनासो र सुधार गर्नुपर्ने कुरामा सुझाव हाल्न सकिने जनाइएको छ ।
नगरपालिका भवनको बाहिर झुण्ड्याइएको उक्त पेटिकामा हालिएका गुनासो र सुझावलाई हरेक महिनामा एक पटक झिकेर स्थानीय प्रतिनिधिको रोहवरमा गोप्य खामवन्दी गरी प्रदेश प्रहरी कार्यालयमा पठाइने छ । बाग्मती प्रदेश प्रहरी कार्यालयले उक्त पेटिकामा परेका गुनासो या सुझावलाई केलाएर त्यसमा कारवाहि र सुधारको कार्य गर्ने प्रहरी नायव उपरिक्षक बसन्त पाठकले वताएका छन् ।
पाठकका अनुसार बाग्मती प्रदेश प्रहरी कार्यालयले पेटिका संचालन कार्यविधिनै वनाएर हरेक पालिका र वडा तह सम्मै पेटिका राख्ने व्यवस्था गरेको छ । पहिलो चरणमा मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा त्यस्तो गुनासो पेटिका राखीएको र क्रमस वडा तह सम्मै पेटिका स्थापना गरीने उनले वताए ।
मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले प्रहरी, स्थानीय र जनप्रतिनिधिको सहकार्यमा मात्रै समाजमा शान्ति सुरक्षा र अमनचयन हुने भएकाले सेवा प्रवाहलाई प्रभावकारी वनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

सिफारिस

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाको विशेष बढुवा भएको छ। बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको बैठकले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई...

धेरै पढिएको