काठमाडौं र ललितपुरमा ५ सय जना कोरोना संक्रमित सम्पर्कविहीन

काठमाडौँ – राजधानीका दुई महानगरपालिकाका ५ सय जना कोरोना संक्रमित सम्पर्कविहीन छन्। पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ।

काठमाडौं महानगरपालिकाले जारी गरेको तथ्यांकमा ४ सय ५२ र ललितपुर महानगरपालिकाले दिएको तथ्यांकमा ७५ जनाले स्वाब परीक्षण गर्दा गलत फाराम भरेपछि उनीहरुको खोजीमा समस्या आएको हो। दुई महानगरपालिकाभित्र टेकु अस्पताल र विभिन्न ल्याबमा परीक्षण गर्न स्वाब संकलन गर्दा गलत ठेगाना, मोबाइल नम्बर दिँदा समस्या भएको हो।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले परीक्षणकर्ताले गलत सूचना दिँदा समस्या आएको बताए। राजधानीका विभिन्न ल्याबमा परीक्षण गर्दा पोजिटिभ आएका संक्रमितले दिएको मोबाइल नम्बर र ठेगाना गलत हुँदा समस्या आइरहेको उनकाे भनाइ छ।

‘हाम्रो तथ्यांकमा ४ सय ५२ देखिएको छ, प्रहरीको सहयोगमा केहीलाई पक्राउ गरे पनि तथ्यांक घट्न सकेको छैन। परीक्षण गर्ने क्रममा काठमाडौं लेखेका हुन्छन्, मोबाइल नम्बर अर्कै दिन्छन्। परीक्षण गर्दा पोजिटिभ आएर सम्पर्क गर्दा स्विचअफ हुने गरेको छ,’ उनले भने।

कामपा कोभिड–१९ सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले आफ्नै कर्मचारी खटाएर ट्रेसिङ गर्दा पछि झुटो विवरण उल्लेख गर्ने संक्रमितलाई फेला पार्न नसकिएकाे बताए। उनले भने, ‘विवरणअनुसार संक्रमण देखिएको व्यक्ति नभेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य सेवा विभागमा विवरण पठाउँछौं।’

प्रहरीको सहयोगमा केहीलाई फेला पारेको हुन सक्ने उनकाे भनाइ छ। ‘संक्रमित भागेपछि उनीहरुले कतिलाई संक्रमणको जाखिम बढाउछन् भन्ने विषयमा कुनै तथ्यांक छैन। तैपनि हामीलाई यही विषयले सधैंजसो तनाव हुने गरेको छ,’ विभागीय प्रमुख कुँवरले भने।

कामपाले सार्वजनिक गरेको तथ्यांकमा त्यस्तो संख्या नखुलेको भनी उल्लेख गरेको छ। याे खबर आजको नेपाल समाचरपत्रमा ईश्वरराज ढकालले लेखेका छन्।

स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले राजधानीमा स्वाब दिएर संक्रमित देखेपछि मोबाइल स्विच अफ गर्ने व्यक्तिको सम्पर्क गर्ने जिम्मा कामपालाई दिने गरेको छ। कामपाले फेला नपारेपछि सरकारले ती व्यक्तिलाई खोजी गर्न प्रहरीलाई जिम्मा दिने गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले शुरुआती चरणमा यस्ता घटना भएपछि अहिले कमी हुन थालेको बताए। उनले भने, ‘केहीलाई खोजी गर्न पत्राचार भएको थियो, केहीलाई पक्राउ गरी बुझाइसकेका छौं।’ तर कामपाको स्वास्थ्य विभागले अझै संक्रमण भएर भाग्नेको संख्या बढ्दो क्रममा रहेको दाबी गरेको छ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको