नगरसभापति पालद्धारा राहत वितरण

डम्बर निदाल
डडेल्धुरा – कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न जारी लकडाउनका कारणले प्रभावित बनेका ज्यालादारीमा काम गर्ने तथा बिभिन्न समस्यामा पर्दै आएका लाई राहत वितरण गरिएको छ ।

नेपाली कांग्रेस डडेल्धुरा अमरगढी नगरसभापति दानबहादुर पालले समाजमा बिभिन्न समस्याका कारणले दैनिक गुजारा चलाउन नसक्ने केही परिवारलाई राहत स्वरुप चामल उपलब्ध गराएका हुन् ।

डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका—८ लटाउली डकले निवासी शेर बहादुर साँकीको परिवारलाई राहत स्वरुप खाघान्न सामग्रीमा ५० किलो चामल उपलब्ध गराएका छन्् । साँकीको परिवारको अबस्था एकदमै दयनिय रहेको साथै निजका बुवाको निधन भएकोले किरियामा रहेका साँकी परिवार लाई केही हद सम्म सहयोग पुगोस भनि आफुले सहयोग गरेको सभापति पालले बताए ।

यसैगरी अमरगढी नगरपालिका—१० बिजोडा निवासी मोहन बहादुर बिष्टको २८ बर्षकै उमेरमा अल्पायुमै निधन भएकाले उनको परिवारको अबस्था दयनिय रहेकाले निजका परिवारलाई राहत स्वरुप अमरगढी नगरपालिका—१०का वडा सदस्य प्रेम बहादुर बिष्ट मार्फत नगद .२५०० उपलब्ध गराएको सभापति पालले बताए ।

कोरोना भाईरसका कारण प्रभावित भएका अमरगढी नगरपालिका—९ को चमालेक निवासी दलितबस्तीमा रहेका दैनिक गुजरा चलाउन नसक्ने ११ दलित परिवार लाई जनहि १० किलोका दरले चामल उपलब्ध गरेका छन् । आगामी दिनमा पनि यस्ता किसिमका सामाजिक काममा आफनो प्रयास निरन्तर जारी रहने समेत उनले बताए ।

लामो समय देखी सामाजिक कार्यमा निकैनै सहयोग गर्दै आएका सभापति पालले सुदुपश्चिमका बिभिन्न जिल्लामा पुगि अबस्था हेरी खाघान्न सामग्री,स्वास्थ्य सामग्री,लुगाकपडा लगायत नगद समेत दिई सहयोग गर्दै आएको बताए ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको