नगरसभापति पालद्धारा राहत वितरण

डम्बर निदाल
डडेल्धुरा – कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न जारी लकडाउनका कारणले प्रभावित बनेका ज्यालादारीमा काम गर्ने तथा बिभिन्न समस्यामा पर्दै आएका लाई राहत वितरण गरिएको छ ।

नेपाली कांग्रेस डडेल्धुरा अमरगढी नगरसभापति दानबहादुर पालले समाजमा बिभिन्न समस्याका कारणले दैनिक गुजारा चलाउन नसक्ने केही परिवारलाई राहत स्वरुप चामल उपलब्ध गराएका हुन् ।

डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका—८ लटाउली डकले निवासी शेर बहादुर साँकीको परिवारलाई राहत स्वरुप खाघान्न सामग्रीमा ५० किलो चामल उपलब्ध गराएका छन्् । साँकीको परिवारको अबस्था एकदमै दयनिय रहेको साथै निजका बुवाको निधन भएकोले किरियामा रहेका साँकी परिवार लाई केही हद सम्म सहयोग पुगोस भनि आफुले सहयोग गरेको सभापति पालले बताए ।

यसैगरी अमरगढी नगरपालिका—१० बिजोडा निवासी मोहन बहादुर बिष्टको २८ बर्षकै उमेरमा अल्पायुमै निधन भएकाले उनको परिवारको अबस्था दयनिय रहेकाले निजका परिवारलाई राहत स्वरुप अमरगढी नगरपालिका—१०का वडा सदस्य प्रेम बहादुर बिष्ट मार्फत नगद .२५०० उपलब्ध गराएको सभापति पालले बताए ।

कोरोना भाईरसका कारण प्रभावित भएका अमरगढी नगरपालिका—९ को चमालेक निवासी दलितबस्तीमा रहेका दैनिक गुजरा चलाउन नसक्ने ११ दलित परिवार लाई जनहि १० किलोका दरले चामल उपलब्ध गरेका छन् । आगामी दिनमा पनि यस्ता किसिमका सामाजिक काममा आफनो प्रयास निरन्तर जारी रहने समेत उनले बताए ।

लामो समय देखी सामाजिक कार्यमा निकैनै सहयोग गर्दै आएका सभापति पालले सुदुपश्चिमका बिभिन्न जिल्लामा पुगि अबस्था हेरी खाघान्न सामग्री,स्वास्थ्य सामग्री,लुगाकपडा लगायत नगद समेत दिई सहयोग गर्दै आएको बताए ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको