काठमाण्डाै – आज नेपाली बजारमा सुनको भाउ बढेको छ । हिजो तोलाको ९ सय रुपैयाँ घटेको सुनको भाउ आज भने तोलामा चार सय रुपैयाँ बढेर ९७ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।