अब रामेछापमा बिजुली बस

रामेछाप – संयोग पनि कस्तो ! जनकपुरमा रेल आईपुगेकै दिन रामेछापको मन्थलीमा बिजुली बस आईपुगेको छ । अव रामेछापबासीले बिजुली बसमा सरर यात्रा गर्दै काठमाण्डौं ओहोर दोहोर गर्न पाउने भएका छन् ।
वातावरणमैत्री विजुली वसको सेवा शुक्रबार देखि रामेछापमा सुरु भएको हो । उक्त बस सेवालाई दैनिक काठमाण्डौं देखि रामेछापको मन्थली सम्म ओहोर दोहोर गर्ने व्यवसायीक योजना संचालक भवलक्ष्मी यातायात सेवाले वनाएको छ । उक्त बस उपत्यका भन्दा बाहिर चल्ने पहिलो विजुलीबस भएको कम्पनीको दावि छ ।
एक पटक चार्ज गरेपछि करिव ३ सय किलोमिटर गुड्ने विजुली बस चीनमा उत्पादन भएको हो । नेपालको सडक उकालो ओरालो भएकाले उक्त बस झण्डै २ सय ३० किलोमिटर सम्म मात्र गुड्न सक्ने प्रयोगबाट देखिएको छ संचालकहरुले काठमाण्डौंमा चार्ज गरेपछि रामेछाप आएर फेरी काठमाण्डौं फर्कन सक्ने अपेक्षा गरेका थिए । तर काठमाण्डौंबाट १ सय २७ किलोमिटर पूर्वको रामेछाप आईपुगेको उक्त बसलाई पुन रिचार्ज गरेपछि मात्र काठमाण्डौं फर्काउनु पर्ने अवस्था देखिएको संचालक ऋतु चौलागाईले वताए ।
करिव १ करोड लागत पर्ने उक्त विजुली बसमा चालक सहित २० सिट छन्् । ईन्जिन र गियर नभएको उक्त वस सुविधाजनक रहेको दावि चौलागाईको छ । वसलाई सामान्य घरमा जोडिएको विद्युतबाटै रिचार्ज गर्न सकिन्छ । सामान्य विद्युत क्षमताबाट करिव ९ घण्टा र ठुलो क्षमताको चार्जिङ स्टेशनमा बढीमा २ घण्टामा रिचार्ज हुन्छ । चार्र्ज गर्नका लागि ८० देखि १ सय युनिट सम्म विजुली खर्च लाग्छ । विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्ज गर्दा खर्च हुने विद्युतको प्रति युनिट ३ रुपैया दस्तुर तोकेको छ ।
बिजुली बस संचालनले वातावरण प्रदुषण नहुने र यात्रा आरामदायि हुने सकिने दावि संचालकको छ । काठमाण्डौं देखि रामेछापको मन्थली सम्म दैनिक २ वटा बस संचालन गर्ने र त्यसको भाडा वजारको प्रतिस्पर्धी भाडा दरलाई नै आधार मानेर लिने वताइएको छ । मन्थली देखि काठमाण्डौको भाडा सुमो र हाईसमा प्रति यात्रु ५ सय छ । संचालक चौलागाईले सवैको सहयोग भएमा सेवा विस्तार गर्ने जनाएका छन् । उनले सरकारले तोकेका सवै मापदण्ड र सुविधा प्रदान गर्ने वताए । स्थानीय सरकारले चार्जिङ सेन्टरको स्थापना गरेमा व्यवसायलाई प्रवद्र्धन गर्न थप बल पुग्नेमा उनको जोड थियो ।
मन्थली नगरपालिका रामेछापका प्रमुख रमेशकुमार वस्नेतले वातावरणमैत्री विजुली वसको संचालनलाई व्यवसायीक र नियमित वनाउनु पर्ने वताए । उनले नगर र जिल्लाका धेरै सडक अवको केहि अवधिमा कालोपत्रे भइसक्ने भएकाले त्यस क्षेत्रमा सेवा र विजुली वसको संख्या विस्तार गर्दै जानुपर्नेमा जोड दिए । स्थानीय सरकार चार्जिङ सेन्टर निर्माणको लागि तत्पर रहेको वस्नेतले वताए ।
विजुली बसले जेष्ठ नागरिक, असक्त र विद्यार्थीलाई सहुलियत दिनुको साथै यात्राका क्रममा भनेको समयमा र तोकिएको भाडामा गुडाउन सक्नुपर्नेमा सहभागिले माग गरेका थिए ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको