अब रामेछापमा बिजुली बस

रामेछाप – संयोग पनि कस्तो ! जनकपुरमा रेल आईपुगेकै दिन रामेछापको मन्थलीमा बिजुली बस आईपुगेको छ । अव रामेछापबासीले बिजुली बसमा सरर यात्रा गर्दै काठमाण्डौं ओहोर दोहोर गर्न पाउने भएका छन् ।
वातावरणमैत्री विजुली वसको सेवा शुक्रबार देखि रामेछापमा सुरु भएको हो । उक्त बस सेवालाई दैनिक काठमाण्डौं देखि रामेछापको मन्थली सम्म ओहोर दोहोर गर्ने व्यवसायीक योजना संचालक भवलक्ष्मी यातायात सेवाले वनाएको छ । उक्त बस उपत्यका भन्दा बाहिर चल्ने पहिलो विजुलीबस भएको कम्पनीको दावि छ ।
एक पटक चार्ज गरेपछि करिव ३ सय किलोमिटर गुड्ने विजुली बस चीनमा उत्पादन भएको हो । नेपालको सडक उकालो ओरालो भएकाले उक्त बस झण्डै २ सय ३० किलोमिटर सम्म मात्र गुड्न सक्ने प्रयोगबाट देखिएको छ संचालकहरुले काठमाण्डौंमा चार्ज गरेपछि रामेछाप आएर फेरी काठमाण्डौं फर्कन सक्ने अपेक्षा गरेका थिए । तर काठमाण्डौंबाट १ सय २७ किलोमिटर पूर्वको रामेछाप आईपुगेको उक्त बसलाई पुन रिचार्ज गरेपछि मात्र काठमाण्डौं फर्काउनु पर्ने अवस्था देखिएको संचालक ऋतु चौलागाईले वताए ।
करिव १ करोड लागत पर्ने उक्त विजुली बसमा चालक सहित २० सिट छन्् । ईन्जिन र गियर नभएको उक्त वस सुविधाजनक रहेको दावि चौलागाईको छ । वसलाई सामान्य घरमा जोडिएको विद्युतबाटै रिचार्ज गर्न सकिन्छ । सामान्य विद्युत क्षमताबाट करिव ९ घण्टा र ठुलो क्षमताको चार्जिङ स्टेशनमा बढीमा २ घण्टामा रिचार्ज हुन्छ । चार्र्ज गर्नका लागि ८० देखि १ सय युनिट सम्म विजुली खर्च लाग्छ । विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्ज गर्दा खर्च हुने विद्युतको प्रति युनिट ३ रुपैया दस्तुर तोकेको छ ।
बिजुली बस संचालनले वातावरण प्रदुषण नहुने र यात्रा आरामदायि हुने सकिने दावि संचालकको छ । काठमाण्डौं देखि रामेछापको मन्थली सम्म दैनिक २ वटा बस संचालन गर्ने र त्यसको भाडा वजारको प्रतिस्पर्धी भाडा दरलाई नै आधार मानेर लिने वताइएको छ । मन्थली देखि काठमाण्डौको भाडा सुमो र हाईसमा प्रति यात्रु ५ सय छ । संचालक चौलागाईले सवैको सहयोग भएमा सेवा विस्तार गर्ने जनाएका छन् । उनले सरकारले तोकेका सवै मापदण्ड र सुविधा प्रदान गर्ने वताए । स्थानीय सरकारले चार्जिङ सेन्टरको स्थापना गरेमा व्यवसायलाई प्रवद्र्धन गर्न थप बल पुग्नेमा उनको जोड थियो ।
मन्थली नगरपालिका रामेछापका प्रमुख रमेशकुमार वस्नेतले वातावरणमैत्री विजुली वसको संचालनलाई व्यवसायीक र नियमित वनाउनु पर्ने वताए । उनले नगर र जिल्लाका धेरै सडक अवको केहि अवधिमा कालोपत्रे भइसक्ने भएकाले त्यस क्षेत्रमा सेवा र विजुली वसको संख्या विस्तार गर्दै जानुपर्नेमा जोड दिए । स्थानीय सरकार चार्जिङ सेन्टर निर्माणको लागि तत्पर रहेको वस्नेतले वताए ।
विजुली बसले जेष्ठ नागरिक, असक्त र विद्यार्थीलाई सहुलियत दिनुको साथै यात्राका क्रममा भनेको समयमा र तोकिएको भाडामा गुडाउन सक्नुपर्नेमा सहभागिले माग गरेका थिए ।

सिफारिस

शिवपुरीमा हराएका तीन जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार गरिएको छ । निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङका २ महिला र १ पुरुष गरी तीन जनाको...

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

धेरै पढिएको