चितवनको शक्तिखोरमा प्रधानसेनापतिको उपस्थितिमा बृहत बृक्षारोपण कार्यक्रम

चितवन – राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर नेपाली सेनाको सिंहनाथ गण कमाण्डोको हेडक्वार्टर शक्तिखोर ब्यारेक, चितवनले बृहत बक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । निकै भब्य र सभ्य रुपमा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति महारथी श्री पुर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे, , सैनिक हेडक्वाटरका उच्च पदस्थ रथीहरु, प्रधानमन्त्री कार्यालयका सहसचिव तथा नेपाल सरकारका एक नेपाली एक फलफुल बिरुवा कार्यक्रमका संयोजक लगायत अन्य अधिकृतहरु शक्तिखोरमा गर्ई विभिन्न जातका फलफुलका बिरुवाहरु रोपण
गरेका थिए ।

त्यसैगरि कार्यक्रममा प्रदेश तीनका प्रदेश सभा सदस्य केशब स्थापित, कालिका नगरपालिका तथा रत्न नगरपालिकाका नगर प्रमुखहरु क्रमशः खुम नारायण श्रेष्ठ तथा नाराण वन, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायत सरकारी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बल चितवनका प्रमुखहरु, उद्योगी, ब्यबसायी, समाजसेवी, केन्द्रिय तथा स्थानीय पत्रकारहरु, सिद्धार्थ बैंकका कर्मचारीहरु गरी करीब ज्ञ१४० जना गैरसैनिकहरु र गणका दुई सय भन्दा बढी जवानहरु सहभागी भई फलफुलको बिरुवाहरु रोपेका थिए ।
नेपाल सरकारको एक नेपाली एक फलफुल बिरुवा कार्यक्रमलाई सफल बनाउन नेपाली सेनाका प्रधानसेनापतिले आप्mनो कमाण्ड मार्ग निर्देशनमा उक्त अभियानलाई सफल बनाउन सिंहनाथ गणले उक्त दिनमा मात्र आंप, लिची, सजिवन, अम्बा, अमला, कागती, चिउरी, सरीफा रुखहरु र एभोकाडो लगायत अन्य धेरै किसिमका गरि १५५८ वटा फलफुलका बिरुवाहरु रोपेको छ ।

आप्mनो स्वागत मन्तब्यको क्रममा ०७४, ०७५, र ०७६ सालमा गरि करीब ६ हजार फलफुल बिरुवा रोपिएको हुंदा यति ठुलो परिमाणको बोटबिरुवा रोप्नुमात्र भन्दा पनि संरक्षण र हुर्काउनु ठुलो चुनौती रहेको भन्दै गणले बिरुवा हुर्काउन गणभित्र नै डिकम्पोजर अग्र्यानिक झोल मल उत्पादन केन्द्र समेत तयार गरेको गणपति प्रेम हमालले जानाकारी दिए । अग्र्यानिक झोल मल उत्पादन गर्ने कार्यको प्रधान सेनापति लगायत उपस्थित सबैले उत्सुकताका साथ अवलोकन गरेका थिए ।

ब्यारेकभित्र हरियाली प्रबद्र्धन तथा फलफुलका बिरुवा रोप्ने कार्यमा गणपति हमालको सक्रियता निकै सह्रानिय रहेको थियो ।करीब डेढ घण्टाको कार्यक्रम पश्चात प्रधान सेनापति, रक्षा सचिव लगायतको भ्रमण टोली सैनिक हेलिकोप्टरबाट काठमाडौं फर्किएको थियो ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको