चितवनको शक्तिखोरमा प्रधानसेनापतिको उपस्थितिमा बृहत बृक्षारोपण कार्यक्रम

चितवन – राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर नेपाली सेनाको सिंहनाथ गण कमाण्डोको हेडक्वार्टर शक्तिखोर ब्यारेक, चितवनले बृहत बक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । निकै भब्य र सभ्य रुपमा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति महारथी श्री पुर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे, , सैनिक हेडक्वाटरका उच्च पदस्थ रथीहरु, प्रधानमन्त्री कार्यालयका सहसचिव तथा नेपाल सरकारका एक नेपाली एक फलफुल बिरुवा कार्यक्रमका संयोजक लगायत अन्य अधिकृतहरु शक्तिखोरमा गर्ई विभिन्न जातका फलफुलका बिरुवाहरु रोपण
गरेका थिए ।

त्यसैगरि कार्यक्रममा प्रदेश तीनका प्रदेश सभा सदस्य केशब स्थापित, कालिका नगरपालिका तथा रत्न नगरपालिकाका नगर प्रमुखहरु क्रमशः खुम नारायण श्रेष्ठ तथा नाराण वन, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायत सरकारी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बल चितवनका प्रमुखहरु, उद्योगी, ब्यबसायी, समाजसेवी, केन्द्रिय तथा स्थानीय पत्रकारहरु, सिद्धार्थ बैंकका कर्मचारीहरु गरी करीब ज्ञ१४० जना गैरसैनिकहरु र गणका दुई सय भन्दा बढी जवानहरु सहभागी भई फलफुलको बिरुवाहरु रोपेका थिए ।
नेपाल सरकारको एक नेपाली एक फलफुल बिरुवा कार्यक्रमलाई सफल बनाउन नेपाली सेनाका प्रधानसेनापतिले आप्mनो कमाण्ड मार्ग निर्देशनमा उक्त अभियानलाई सफल बनाउन सिंहनाथ गणले उक्त दिनमा मात्र आंप, लिची, सजिवन, अम्बा, अमला, कागती, चिउरी, सरीफा रुखहरु र एभोकाडो लगायत अन्य धेरै किसिमका गरि १५५८ वटा फलफुलका बिरुवाहरु रोपेको छ ।

आप्mनो स्वागत मन्तब्यको क्रममा ०७४, ०७५, र ०७६ सालमा गरि करीब ६ हजार फलफुल बिरुवा रोपिएको हुंदा यति ठुलो परिमाणको बोटबिरुवा रोप्नुमात्र भन्दा पनि संरक्षण र हुर्काउनु ठुलो चुनौती रहेको भन्दै गणले बिरुवा हुर्काउन गणभित्र नै डिकम्पोजर अग्र्यानिक झोल मल उत्पादन केन्द्र समेत तयार गरेको गणपति प्रेम हमालले जानाकारी दिए । अग्र्यानिक झोल मल उत्पादन गर्ने कार्यको प्रधान सेनापति लगायत उपस्थित सबैले उत्सुकताका साथ अवलोकन गरेका थिए ।

ब्यारेकभित्र हरियाली प्रबद्र्धन तथा फलफुलका बिरुवा रोप्ने कार्यमा गणपति हमालको सक्रियता निकै सह्रानिय रहेको थियो ।करीब डेढ घण्टाको कार्यक्रम पश्चात प्रधान सेनापति, रक्षा सचिव लगायतको भ्रमण टोली सैनिक हेलिकोप्टरबाट काठमाडौं फर्किएको थियो ।

सिफारिस

माओवादीको ‘जनयुद्ध’ हिंसा नै हो : एमाले उपाध्यक्ष बादल

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी जनयुद्ध हिंसा भएको टिप्पणी गरेका छन् । अछाममा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा आफू नै...

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा लाग्ने हटिया (हाट बजार) स्थानीय उत्पादनहरू सहज रूपमा उपभोक्तासम्म पुर्‍याउने महत्वपूर्ण माध्यम बनेको छ। प्रत्येक...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन्...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन...

सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८...

उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ - उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको...

धेरै पढिएको